Websoft University

www.radiomakalu.com || 021-522512


उपेन्द्रसँग चुनाव अगाडि एकता नगर्न बाबुरामलाई पार्टीभित्रैबाट दबाब



उपेन्द्रसँग चुनाव अगाडि एकता नगर्न बाबुरामलाई पार्टीभित्रैबाट दबाब



                    आँखा चुनाव चिन्ह नपाए बैशाख ३१ मा निर्वाचन गर्न नदिने रणनीति
काठमाडौं वैशाख ६ गते ।   नयाँ बर्षमा पार्टी एकताको सन्देश दिने उद्देश्यकासाथ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग वार्ता प्रक्रिया अगाडि बढाएका नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईलाई स्थानीय तहको निर्वाचन भन्दा अगाडि एकता नगर्न आफनै पार्टी भित्रबाट दबाब परेको छ ।

संघीय समाजवादी फोरमसहितका मधेशकेन्द्रित दलले अनिश्चिकालीन आमहडताल जस्ता आन्दोलनका कार्यक्रम घोषणा गरेर निर्वाचन विथोल्ने रणनीति बनाएपछि भट्टराईलाई तत्काल पार्टी एकताको प्रक्रिया अगाडि नबढाउन पार्टी भित्रबाट दबाब परेको हो । नयाँ शक्ति नेपालको बुधवारदेखिको केन्द्रीय कार्यकारिणी परिषदको बैठकमा पनि यस्ता बिषय उठने सो पार्टीका एक नेताले बताए । चुनाव चिन्ह आँखा प्राप्तिका लागि जस्तोसुकै आन्दोलन गर्न पनि तयार हुनु पर्ने सुझाव पनि भट्टराईले आफनो पार्टीका नेताहरुबाट पाएका छन ।

केन्द्रीय कार्यकारिणी परिषदको बैठक अगाडिको अनौपचारिक बैठकमा नेताहरुले भट्टराईलाई त्यस्तो सुझाव दिएका हुन । ‘एकता चुनावपछि गर्दा राम्रो हुन्छ । अहिले एकता गर्दा राम्रो सन्देश जाँदैन किनकी संघीय समाजवादी फोरम लगायतका दलहरु आन्दोलनमा छन । एकतापछि पनि उहाँहरु चुनावमा जाने माहोल बनेन भने हामी अप्ठयारोमा परिन्छ । हाम्रो सम्पूर्ण ध्यान चुनावमा जाने बनाउनुपर्छ’ भट्टराईलाई नेताहरुले दिएको सुझाव उघृत गर्दै एक नेताले भने ‘चुनाव चिन्ह प्राप्तिको लागि जे जे गर्नुपर्छ गरौ,चुनाव चिन्ह प्राप्तिका लागि हदैसम्म कठोर निर्णय गर्नु पर्ने भएपनि गरौ ।’

आँखा चुनाव चिन्ह प्राप्त नगरेसम्म बैशाख ३१ को निर्वाचन हुन नदिने पक्षमा नयाँ शक्तिका नेताहरु देखिएका छन । ‘सरकारले चुनाव सार्ने तयारी गरेको भन्ने सुनिएको छ । अव चुनाव सार्न दिनु हुँदैन । बैशाख ३१ मै चुनाव गर्ने गरी दबाब मुलुक कार्यक्रम गर्नुपर्छ । तर दर्ता भएका दलहरुलाई चुनाव चिन्ह नदिदासम्म चुनावको माहोल चाहि बन्दैन र हुन दिनु पनि हुँदैन’नेताहरुले भट्टराईलाई सुझाव दिएका छन ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget