Websoft University

www.radiomakalu.com || 021-522512


मधेशी मोर्चा सहभागी हुने शर्तमा निर्वाचन दुई चरणमा गर्न प्रमुख दल तयार

मधेशी मोर्चा सहभागी हुने शर्तमा निर्वाचन दुई चरणमा गर्न प्रमुख दल तयार

                           वैशाख ३१ गते एकैकरणमा चुनाव गर्ने पाँच दलकाे निर्णय


काठमाडौं  वैशाख ६ गते ।    संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहभागी हुने शर्तमा स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न प्रमुख राजनीतिक दल तयार भएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार बालुवाटारमा बोलाउनु भएको पाँच दलको बैठकमा मधेशी मोर्चा सहभागी हुने शर्तमा मात्रै निर्वाचन दुई चरणमा गर्न सकिने निष्कर्ष निकालिएको सहभागी नेताहरुले बताउनु भएको छ।
बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवाले वैशाख ३१ मा कुनै पनि हालतमा निर्वाचन हुने बताउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा निर्वाचनमा सहभागी हुने निश्चत भए केही स्थानमा दुई चरणमा निर्वाचन गर्न सकिने बारेमा छलफल भएको जानकारी दिनुभयो।
माओवादीका नेता एवम् ऊर्जामन्त्री जनार्दन शर्माले निर्वाचन निर्धारित मितिमा हुने कुरामा कुनै शङ्का नरहेको बताउँदै मधेस केन्द्रित दल निर्वाचनमा आउने भएपछि तयारीको समय चाहियो भने केही स्थानमा दोस्रो चरणमा पनि निर्वाचन गर्न सकिन्छ भन्नुभयो।
मोर्चा र गठबन्धनले निर्वाचनमा सहभागी नहुने अडान राख्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । पाँच दलले मोर्चा र सङ्घीय गठबन्धनलगायत सबै दललाई निर्वाचनमा सहभागी गराउन अन्तिम समयसम्म सत्ता पक्षले प्रयास जारी राख्ने र त्यसमा प्रतिपक्षले सकारात्मक सहयोग गर्ने निष्कर्ष निकालेका छन् ।प्रमुख पाँच राजनीतिक दलले स्थानीय तहको निर्वाचन पूर्व नै मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउन वार्ता र सम्वादको प्रक्रिया जारी राख्दै चुनावमा क्रियाशील हुने निर्णय गरेका हुन् ।
बैठकमा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री एवम् अध्यक्ष दाहाल, नेताद्वय शर्मा तथा वर्षमान पुन, काँग्रेसबाट सभापति देउवा, नेताद्वय निधि र प्रकाशमान सिंह, एमालेबाट कार्यबाहक अध्यक्ष बामदेव गौतम, नेता माधवकुमार नेपाल र नेम्वाङ, राप्रपाबाट नेता एवम् आपूर्तिमन्त्री दीपक बोहरा र फोरम लोकतान्त्रिक तर्फबाट अध्यक्ष विजयकुमार गच्छदार र नेता रामजनम चौधरी सहभागी हुनुहुन्थ्यो ।
उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मोर्चाले निर्वाचनलाई अवरोध गर्ने गरी विरोधका कार्यक्रम सार्वजनिक गरेको सम्बन्धमा छलफल हुनुका साथै मोर्चालाई सहमति ल्याई निर्वाचनमा सहभागी गराउने विषयमा छलफल भएको बताउनुभयो ।
निर्वाचनको सुरक्षामा कुनै कमी नरहेको बताउँदै उपप्रधानमन्त्री निधिले भन्नुभयो, “चारै सुरक्षा निकाय तयारी अवस्थामा छन् । कुनै पनी हालतमा वैशाख ३१ मा निर्वाचन हुन्छ ।”
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने र सकेसम्म सबैलाई सहभागी गराउन सत्ता र प्रतिपक्षबाट प्रयत्न गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । नेता नेम्वाङले वैशाख ३१ गते एकै दिन एकै चरणमा देशव्यापी रुपमा निर्वाचन सम्पन्न गर्ने निष्कर्षमा बैठक पुगेको बताउनुभयो । राससको सहयोगमा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget