Websoft University

www.radiomakalu.com || 021-522512


ट्रम्पको आदेशपछि अमेरिकामा रहेका भारतीय कम्पनी चिन्तित


ट्रम्पको आदेशपछि अमेरिकामा रहेका भारतीय कम्पनी चिन्तित

वासिङटन : बिशेष दक्षता आवश्यक पर्ने क्षेत्रमा काम गर्ने विदेशीलाई दिइने प्रवेशाज्ञा सम्बन्धी कार्यक्रममा समीक्षा गर्न ल्याइएको नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि अमेरिकामा रहेका भारतीय कम्पनीहरु चिन्तित देखिएका छन ।
अमेरिकामा एचवानबी प्रवेशाज्ञा प्रयोग गर्नेमा सबै भन्दा धेरै संख्यामा भारतीय नागरिक छन । भारतको सबै भन्दा ठूलो आइटी कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेसका अधिकारीहरुले अमेरिकामा भइरहेका पछिल्ला बहसलाई भावनामा बहेको टिप्पणी गरेका छन । भारतीय कम्पनीहरुले एनवानबी प्रवेशाज्ञा सम्बन्धी अडानमा ट्रम्प प्रशासन लचिलो हुने अपेक्षा गरेका छन ।
बाइ अमेरिकन एण्ड हायर अमेरिकन अर्थात अमेरिकी उत्पादन खरिद गर्न र अमेरिकाहरुलाई काममा लगाउन प्रोत्साहित गर्ने सो आदेशपछि ट्रम्पले विस्कन्सिनमा ट्रम्पले भन्नुभयो ‘पछिल्लो कदमसँगै हामीले आफना कामदार र रोजगारीलाई संरक्षण गर्नेछौ तथा अमेरिकालाई सबै भन्दा पहिलो प्राथमिकता दिनेछौ भन्ने सन्देश विश्वलाई दिएका छौ ।’ ट्रम्पकी पत्नी मेलानियाले न्यूयोर्कमा मोडलका रुपमा काम गर्दा एचवानबी प्रवेशाज्ञा लिएकी थिइन ।
एचवानबी प्रवेशज्ञा अत्यन्तै सक्षम तथा असाध्यै धेरै तलव दिइएका निवेदकले मात्रे पाउन भन्ने उद्देश्यले पछिल्लो योजना ल्याइएको अमेरिकी अधिकारीहरुले बताएका छन । अन्तराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget