Websoft University

www.radiomakalu.com || 021-522512


खेलाडीलाई आईसीसीले तलब दिने

खेलाडीलाई आईसीसीले तलब दिने

नेपाली क्रिकेट खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आफैंले तलब खुवाउने भएको छ । बिहीबार दुबईमा सम्पन्न आईसीसीको बोर्ड तथा समितिहरूको बैठकले नेपाली क्रिकेटरहरूलाई तलब खुवाउने निर्णय गरेको हो । आईसीसीले आफ्नो विकास समितिको सिफारिसमा पछिल्लो निर्णय गरेको जनाएको छ ।
यद्यपि आईसीसीले कुन कुन खेलाडी र कहिलेको तलब खुवाउने भन्नेबारे भने स्पष्ट पारेको छैन । निलम्बनमा पर्नुअघि नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०१५ जनवरी ५ मा क्रिकेटरहरूलाई चार समूहमा विभाजन गरी मासिक तलब दिन सुरु गरेको थियो । क्यानले त्यसबेला समूह एमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, सुवास खकुरेल, शक्ति गौचन र शरद भेषावकरलाई राखेको थियो ।
यस्तै समूह बीमा सागर पुन, सोमपाल कामी, विनोद भण्डारी, नरेश बुढाऐर, अमृत भट्टराई, मेहबुब आलम र भुवन कार्की तथा समूह सीमा आरिफ शेख, जितेन्द्र मुखिया, राहुल विश्वकर्मा, प्रदीप ऐरी र अनिल मण्डललाई राखेको थियो ।
क्यानले त्यस बेला समूह एमा परेका खेलाडीलाई मासिक ३५ हजार, समूह बीमा रहेकालाई २५ हजार, समूह सीमा रहेका खेलाडीलाई १५ हजार र समूह डीमा रहेका खेलाडीलाई पाँच हजार दिने निर्णय गरेको थियो । यद्यपि गत वर्ष अप्रिल २६ मा आईसीसीले क्यानलाई निलम्बन गरेपछि क्रिकेटरहरूले मासिक तलब पाउन सकेका छैनन् । आईसीसीले आफ्नो निर्णयमा खेलाडीलाई ‘आउटस्ट्यान्डिङ’ तलब दिने उल्लेख गरेको छ ।
‘खेलाडीलाई आउटस्ट्यान्डिङ तलब दिनेबारे विकास समितिले गरेको प्रस्तावमा आईसीसी बोर्डले सहमति जनाएको छ', बिहीबार जारी विज्ञप्तिमा आईसीसीले भनेको छ । आईसीसीले क्यान निलम्बनको सम्बन्धमा भने कुनै छलफल र निर्णय गरेको छैन । आईसीसीले नयाँ विधान तयार पार्ने र क्यानको प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धमा प्रक्रिया अघि बढिरहेको जनाएको छ ।- अन्नपूर्ण बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget