Websoft University

www.radiomakalu.com || 021-522512


उत्तर कोरिया मुद्दामा ठूलै तनाव : ट्रम्प


उत्तर कोरिया मुद्दामा ठूलै तनाव : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु हतियार परीक्षणको मुद्दामा उत्तर कोरियासँग ठूलै तनाव उत्पन्न हुन सक्ने बताउनु भएको छ । राष्ट्रपतिको पदभार सम्मालेको १०० दिनको अबसरमा बिहीबार ह्वाइट हाउसमा एक अन्तर्वार्ता दिने क्रममा ट्रम्पले यस्तो धारणा व्यक्त गर्नु भएको हो।
यस मुद्दालाई कुटनीतिक तरिकाले समाधान गर्ने प्रयासमा आफूहरु लागि रहेको राष्ट्रपति ट्रम्पले दावी गर्नुभयो । उत्तर कोरियाको मुद्दा गहिरो रहेकाले शान्तिपूर्ण तरिकाबाट यसको समाधान हुनेमा भने आशंका व्यक्त गर्नुभयो ।

स्टेट सेक्रेटरी रेक्स टेलरससनले अमेरिकाले किम जोन उनको सत्तासँग प्रत्यक्ष कुराकानी गर्न तयारीमा रहेपनि उनीहरु परमाणु हतियार दम्भ देखाउनमै लागि परेको दावी गर्नुभयो यस मुद्दामा चिनियाँ राष्ट्रपति सी जिङफिङले देखाएको तदारुकताको ट्रम्पले सह्राना गर्नुभयो।
उहाँले भन्नुभयो 'सी धेरै राम्रा मान्छे हुन। चीन र चिनियाँ जनतालाई धेरै माया गर्छन् उनले यस सवालमा पक्कै कही राम्रो उपाय निकाल्ने छन् ।' चीनले कोरियाली प्रायद्वीपमा उथलपुथल र मृत्यु नचाहेकाले युद्ध नहोस भनी लगातार प्रयास गरिरहेको ट्रम्पले बताउनुभयो।-एजेन्सी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget