Websoft University

www.radiomakalu.com || 021-522512


एक सय ३५ बस्तु भारत लगायत तेस्रो मुलुक निर्यात


एक सय ३५ बस्तु भारत लगायत तेस्रो मुलुक निर्यात

मोरङ,  बैशाख  २ गते । नेपालले एक सय ३५ बस्तु भारत लगायत तेस्रो मुलुक निर्यात गरेको छ । विराटनगर भन्सार कार्यलयका सुचना अधिकारी सम्भु सापकोटाका अनुसार अलैचि , पिना, भुस, चोकर , जडी बुटी, मुसुरोको दाल, सुपारी , लगायतका एक सय ३५ बस्तुको निकासी पैठारी हुने गरेको छ । सबै भन्दा बढी अलैची निकासी हुने गरेको छ । साढे चार अर्ब रुपैयाको अलैचि नेपालबाट बिदेश निर्यात भएको विराटनगर भन्सार कार्यलयले जनाएको छ ।


सबै भन्दा कम ९६ रुपैया बराबरको सुगुर तथा अन्य जनाबरको छाला निकासी पैठारी भएको छ । पुराना लुगा फाटा देखि लिएर नयाँ गार्मेन्टका कपाडाहरु भारत निकासी भएको छ । तर नियात कम र आयत बढी हुनु मुलुककै समस्याभएको भन्सार एजेन्टहरुको भनाई छ । उत्पादन मुखि मुलुक नभएकाले र्नियात कम र आयत बढी भएको हो । तर साना बस्तुको निकासी तेस्रो मुलुक भईरहदा मुलुकलाई फाईदा भएको अर्थ विदहरुको भनाई छ ।

भुकम्प र नाका बन्दीले थिलथिलो भएको बेला समग्र देशको आर्थिक बृद्धिदर बृद्धि हुनु सकारात्मक रहेको अर्थविद डा अर्जुन बरालको भनाई छ । नेपालमा आयत बढी तर निकासी कम हुन्छ । सामान्य सियो देखि खाने चामलसम्मम आयात हुन्छ । तर आफ्नो देसमा उत्पादन कम हुने भएकले निर्यात कम र आयात बढी हुने गरेको हो । त्यसैले आयात घटाउन र निर्यात बढाउन स्वदेशि उत्पादनमा जोड दिन आवश्यक छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget