Websoft University

www.radiomakalu.com || 021-522512


यसरी मनाइयो भक्तपुरमा सिन्दुर जात्रा (फोटोफिचर)


यसरी मनाइयो भक्तपुरमा सिन्दुर जात्रा (फोटोफिचर)
भक्तपुर, वैशाख २ गते । मध्यपुर थिमी नगरपालिकाको बालकुमारी, नगदेश र चपाचो क्षेत्रमा सिन्दुर जात्रा हर्षोल्लाषका साथ मनाइएको छ। बालकुमारी मन्दिर परिसरमा दक्षिण बाराही, विष्णुवीर र सिद्धिकाली गणका २३ वटा खटलाई बालकुमारी, चलाखु, दिगुटोललगायतका टोलमा परिक्रमा गराइएको थियो। स्थानीय बाजागाजासहित आएका भक्तजनले खटलाई घुमाउँदा सिन्दुर छर्केका थिए।




त्यस्तै, नगदेशमा सिद्धि गणेशको जात्रा मनाइएको छ। नगदेशस्थित सिद्धि गणेशलाई खटमा राखेर नगदेश सहर परिक्रमा गराइएको थियो। उक्त जात्रामा पनि जात्रालुले सिन्दूर छर्केका थिए। मध्यपुर थिमी क्षेत्रमा मनाइने बिस्केट जात्राको प्रमुख विशेषता भनेकै जात्रामा सहभागी भक्तजनले एकापसमा सिन्दुर छर्कनु रहेको छ।

तस्बिरहरु: सुलभ श्रेष्ठ/अन्नपूर्ण




















अन्नपूर्ण बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget