Websoft University

www.radiomakalu.com || 021-522512


एग्युरोलाई हेडबट हान्ने फेलिनीलाई रातो कार्ड, म्यानचेष्टर डर्बी बराबरीमा सकियो



सर्जिओ एग्युरोलाई हेडबट हानेपछि फेलिनीले रातो कार्ड पाएका छन् र म्यानचेष्टर युनाइटेडले सिटीसँग गोलरहित बराबरी खेलेको छ ।


बिहीबार राति भएको पि्रमियर लिगको म्यानचेष्टर डर्बीमा युनाइटेड र सिटीले गोलरहित बराबरी खेलेका हुन् ।

अन्तिम केही मिनेट १० खेलाडीमा सिमित भएको युनाइटेडको शीर्ष चारमा पर्ने सम्भावना अझै जिवितै छ । साथै लिगमा अपराजित यात्रा २४ खेल भएको छ ।

तर, घरेलु मैदान उत्तेहाद स्टेडियममा भएको खेल भने सिटीका लागि सुखद रहेन । ७९ औं मिनेटमा गोलकिपर ब्राभो घाइते भएर मैदान छाड्नुपर्‍यो । ५ मिनेटपछि नै उसका स्ट्राइकर सर्जिओ एग्युरोमाथि हेडबट प्रहार भयो ।

अर्जेन्टिनी स्ट्राइकर एग्युरोलाई हेडबट हान्ने युनाइटेडका फेलिनीले साझै रातो कार्ड पाएका छन् ।

बराबरीपछि सिटी लिगमा ५ खेल बाँकी छँदा ६५ अंकका साथ चौथो स्थानमा छ भने युनाइटेड ६४ अंकका साथ पाँचौं स्थानमा छ । तेस्रो स्थानमा रहेको लिभरपुलको ६६ अंक छ र, उसले एक खेल बढी खेलेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget