Websoft University

www.radiomakalu.com || 021-522512


विद्यार्थी नेताहरुलाई शिक्षा मन्त्रालयले वार्तामा बोलायो

आज शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी



काठमाडौं,  वैशाख १५ गते । निजी विद्यालयको शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुलाई शिक्षा मन्त्रालयले आज वार्तामा बोलाएको छ । शिक्षा मन्त्री र मन्त्रालयका अधिकारीहरुलाई सार्वजनिक बहिस्कार गर्ने निर्णय विद्यार्थी संगठनहरुले सार्बजनिक गरेलगत्तै मन्त्रालयले वार्तामा बोलाएको हो ।

विद्यार्थी नेताहरुलाई आज दिउँसो एक बजे वार्तामा बोलाइएको शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिए ।


प्रवक्ता लम्सालले नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, राप्रविसंघ, समाजवादी विद्यार्थी फोरम, नयाँशक्ति विद्यार्थी युनियन, अखिल पाँचौलगायतका विद्यार्थी संगठनका नेताहरुलाई टेलिफोन गरी वार्तामा बोलाएका हुन् ।

निजी विद्यालयले सरकारले तोकेको सिलिङ र सर्वोच्च अदालतको आदेशविपरीत मनोमानी ढंगले शुल्क लिएको विरोधमा विद्यार्थी संगठनहरुले बिहीबार आन्दोलनका नयाँ कार्यक्रम सार्बजनिक गरेका थिए ।

पूर्वनिर्धारित आन्दोलनको कार्यक्रमअनुसार आज बिहान १० बजे देशभरका जिल्ला शिक्षा कार्यालयमा र दिउँसो एक बजे शिक्षा विभागमा तालाबन्दी गर्न लागिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष रन्जित तामाङले जानकारी दिए ।

विद्यार्थी संगठनहरुले यही बैशाख १७ गते शिक्षा मन्त्री, शिक्षा मन्त्रालयका अधिकारी र निजी विद्यालय सञ्चालकहरुलाई सार्वजनिक वहिस्कार गर्ने तथा १८ गते सरकारी गाडीहरु चलाउन रोक लगाउने निर्णयसमेत गरेका छन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget