Websoft University

www.radiomakalu.com || 021-522512


प्रहरीले नै लुटे ६० तोला सुन, हवल्दारसहित ६ पक्राउ



काठमाडौं, चैत २० गते   ।  काठमाडौं न्यूयोडमा भएको सुन लुटपाटमा प्रहरीकै संलग्नता देखिएको छ । लुटपाटमा संलग्न ६ जना पक्राउ परेका छन् ।


न्यूरोड मरुहिटीमा भारतीय नागरिक शिव माइतीले सञ्चालन गरेको सुन पसलमा शुक्रबार हतियार देखाएर झण्डै ६० तोला सुन लुटपाट भएको थियो ।

महानगरीय प्रहरीको अपराध महाशाखाले लुटपाटमा संलग्न तीन जनालाई पक्राउ परेको छ । महाशाखाका एसपी प्रकाशजंग कार्कीले भने, ‘अपरेशन अन्तिम चरणमा पुगेको छ । लुटपाटमा प्रहरीकै संलग्नता देखिएको छ ।’

सोह्रखुट्टे प्रहरीका हवल्दार अजय गुरुङसहितको समूह लुटपाटमा संलग्न भएको पाइएको छ ।

घटनाबारे थप जानकारी दिन प्रहरीले आजै दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget