Websoft University

www.radiomakalu.com || 021-522512


परिवार दलले ४ महानगर र १३ उप–महानगरको उम्मेदवार टुंग्यायो, कहाँ को ?



काठमाडौं, वैशाख १६ गते  । एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट थालेको छ । उसले पहिलो चरणमा देशका ४ महानगर र १३ उपमहानगरपालिकाका मेयर र उपमेयर उम्मेदवारको घोषणा गरेको छ ।

परिवार दलले काठमाडौं महानगरपालिकाको मेयरमा पूर्वक्याम्पस प्रमुख लक्ष्मीप्रसाद भण्डारीलाई अघि सारेको छ भने उपमेयरमा पुनम डंगोललाई खडा गरेको छ ।


ललितपुरको मेयरमा प्रदिपसिंह थापा र उपमेयरमा सरस्वती चित्रकारको उम्मेदवारी घोषणा गरेका परिवार दलले भरतपुरमा राजेन्द्रप्रसाद अर्याललाई मेयर र गायत्री सुवेदीलाई उपमेयरको टिकट दिने निर्णय गरेको छ ।

पोखरा लेखनाथको मेयरमा कल्पना बराल र उपमेयरमा गणेश श्रेष्ठले टिकट पाएका छन् । विराटनगर उपमहानगरपालिकाको मेयरमा तीर्थराज घिमिरे र उपमेयरमा लक्ष्मी राई उठ्ने पक्कापक्की भएको छ । धरानको मेयरमा संगीता लावती र उपमेयरमा रामबहादुर लिम्वुलाई उठाउने भएको छ । सीतादेवी ढकाल इटहरीको मेयरमा उठ्दैछिन् भने उपमेयरमा अशोक चौधरी भिड्दै छन् ।

परिवार दलले जनकपुरको मेयरमा पवन साह र उप–मेयरमा सीतादेवी झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दिनेश कुमार आमात्य वीरगन्ज र विनेश चौधरी कलैयाको मेयरमा उठ्दैछन् । जीतपुर सिमराको मेयरमा सिन्दा ठाकुर, हेटौडाको मेयरमा सानु मोत्तmान, नेपालगन्जको मेयरमा गयाप्रसाद कुमाल, बुटवलको मेयरमा चन्द्रसेन यादव, घोराहीको मेयरमा शालिकराम चौधरी तुल्सीपुरको मेयरमा विष्णु पाण्डे, धनगढीको मेयरमा खड्क सिंह नागरीले टिकट पाएको परिवार दलले जानकारी दिएको छ ।

महानगर र उपमहानगरपालिकाको उम्मेदवार घोषणा गरेको परिवार दलले नगरपालिका र गाउँपालिकाको उम्मेदवारको नामावली पनि छिट्टै सार्वजनिक गरिने जनाएको छ । परिवार दलका अध्यक्ष एकनाथ ढकालले निर्वाचनमा तालमेल गर्ने नीति पार्टीले लिएकाले घोषणा गरिएका उम्मेदवारीमा केही फेरबदल आउन सक्ने जानकारी दिए ।-अनलाइनखबर बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget