Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेस सभापति देउवा ओली निवासमा, संविधान संशोधनमा एमालेलाई मनाउने प्रयास



काठमाडौं, वैशाख १६ गते । कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो दलका नेताहरुको टोली लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीलार्इ भेट्न बालकोट पुगेका छन् ।



पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाल गायत नेतासँगै कांग्रेस सभापति देउवा शनिबार बालकोट पुगेका हुन् ।

संविधान संशोधन र स्थानीय तह निर्वाचनबारे छलफल गर्न कांग्रेस नेताहरू बालकोट पुगेकाे नेताहरूले बताएका छन् ।

दुर्इ पक्षीय छलफलमा एमालेका तर्फबाट पार्टी अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललगायत नेता सहभागी छन् ।

संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित गर्न कांग्रेस नेताहरुले एमालेसँग आग्रह गर्दै आएका छन् । यसबारे संसदमा सम्भवतः आइतबार टुंगो लाग्नेछ ।

एमालेले संविधान संविधान संशोधनको विपक्षमा मतदान गर्ने बताइरहेका बेला नेपाली कांग्रेसले भने एमाले सहितको सहमतिमा संविधान संशोधन गर्ने प्रयत्न गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

एमालेसँग कांग्रेस नेताहरू आक्रामक, संविधान संशोधनमा समर्थन गर्न आग्रह


अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget