Websoft University

www.radiomakalu.com || 021-522512


भोजपुरमा भुकम्प पीडितले अनुदान लिन सम्झौता थाले,एघार बैक मार्फत रकम पाउने


भोजपुरमा भुकम्प पीडितले अनुदान लिन सम्झौता थाले,एघार बैक मार्फत रकम पाउने
भोजपुर,  चैत्र ३० गते  । भुकम्प गएको दुई बर्ष पछि आवास पुन निर्माणका लागि भोजपुरमा भुकम्प पीडितले अनुदानका लागि सम्झौता गर्न शुरु गरेका छन । अनुदानका लागि सम्झौता गरेका भुकम्प पीडितले आवास निर्माणका लागि जिल्लामा कारोवार गरी रहेका ११ वटा बैक मार्फत अनुदान रकम पाउने भोजपुर नगरपालिकाले जनाएको छ । भोजपुर नगरपालिकाका अनुसार ७ नम्वर वडाका ३ जनाले अनुदानका लागि नगरपालिकासँग सम्झौता गरेका छन ।


जसमा भोजपुर नगरपालिका ७ का बिष्णुकुमारी राई, सागरनारायण मोक्तान र हिरालाल श्रेष्ठ रहेका छन । उनीहरुले आवास निर्माणका लागि पहिलो चरणमा ५० हजार, दोश्रो चरणमा १ लाख ५० हजार र तेश्रो चरणमा १ लाख गरी कुल ३ लाख रकम अनुदान स्वरुप पाउने छन ।
जिल्ला समन्वय समिति भोजपुरका सुचना अधिकारी धनकुमार राईले भोजपुरमा १० हजार ४ सय २६ घरको सर्वेक्षण गरिएको जानकारी दिए । उनका अनुसार भुकम्प पीडितका लागि आवास निर्माणको पहिलो किस्ता बापत ५ करोड ६९ लाख रुपैया समेत निकासा भएको बताए ।

भुकम्पीय आवास पुन निर्माण आयोजना मार्फत यो काम अघि बढने इन्जिनियर देवनारायण यादबले बताए । भोजपुरमा अनुदान रकम बितरणका लागि २ नगरपालिका र ७ वटा गाउँपालिकाको लागि बैक समेत तोकिएको यादबले बताए ।

भोजपुरमा राष्ट्रिय बाणिज्य बैक, नेपाल बैक, कृषि बिकास बैक र निजी स्तरमा रहेका लक्ष्मी बैक, एभरेष्ट बैक, सेन्चुरी बैक, नेपाल बंगलादेश बैक, प्रभु बैक, सिटिजन बैक, टुरिजम डेभलभमेन्ट बैक र सगरमाथा फाइनान्सले अनुदान रकम भुकम्प पीडितलाई उपलब्ध गराउने छन ।-पुर्बेलीन्युजबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget