Websoft University

www.radiomakalu.com || 021-522512


जलवायु तथा ऊर्जा योजना निर्माण अन्तिम चरणमा


जलवायु तथा ऊर्जा योजना निर्माण अन्तिम चरणमा
तेह्रथुम, चैत ३० गते । तेह्रथुममा जलवायु परिवर्तन अनुकूलन तथा ऊर्जा क्षेत्रको विकासका लागि जिल्ला जलवायु तथा ऊर्जा योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ग्रामीण क्षेत्रमा ऊर्जा विकासका लागि राज्यको छुट्टै योजना तथा नीतिनियम नभएको अवस्थामा जिल्लालाई ऊर्जा क्षेत्रमा समृद्ध र बढ्दो जलवायु परिवर्तनसँग अनुकूलनका लागि ऊर्जा योजना बनाउन लागिएको हो ।

जनसङ्ख्या तथा बातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा जिल्ला समन्वय समितिको कार्यालयले योजना बनाउन लागेको हो ।

जिल्लामा ऊर्जा क्षेत्रको विकास तथा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलनमा के–कस्ता रणनीति अपनाउने भन्ने सन्दर्भमा योजना निर्माण गरी जिल्ला योजना बनाउन लागिएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत जिल्ला समन्वय समितिमा रहेको वातावरण, ऊर्जा तथा जलवायु परिवर्तन शाखाका इन्जिनियर मनोजकुमार चौधरीले बताउनुभयो ।

जिल्लाका सबै नगरपालिका र साबिकका गाविसबाट तथ्याङ्क सङ्लकन गरी प्रारम्भिक तथ्याङ्क अध्ययन गरी मस्यौदा तयार भइसकेको र अब वैशाखको दोस्रो साता सरोकारवालासँग परामर्श गरी अन्तिम टुङ्गो लगाउने उहाँले बताउनुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले योजना निर्माणमा प्राविधिक सहयोग तथा परामर्शदाताको काम नेपाल ऊर्जा तथा वातावरण विकास सेवा काठमाडौँलाई दिएको छ ।

परामर्शदाताबाट जिल्लाको ऊर्जा, वातावरण तथा जलवायु परिवर्तनबाट परेको प्रभावको मूल्याङ्कन गरी जलवायु परिवर्तन अनुकूलन तथा ऊर्जा विकाससम्बन्धी योजना बनाइनेछ । अहिलेसम्म तथ्याङ्क सङ्कलन र विश्लेषणको काम सम्पन्न भएको सो संस्थाले जनाएको छ । तथ्याङ्क सङ्कलन तथा विश्लेषणका क्रममा जिल्लाका विभिन्न क्षेत्रका स्थानीयवासीको अवस्था, ऊर्जा खपत तथा प्रयोगको स्थिति, स्रोत साधन तथा दिगोपना बारेमा सूचना सङ्कलन गरिएको जिल्ला वातावरण, ऊर्जा तथा जलवायु परिवर्तन शाखाका प्रमुख चौधरीले बताउनुभयो ।

उक्त योजनामा जिल्लावासीले जलवायु परिवर्तन अनुकूलनका लागि अपनाउनुपर्ने योजना, विकास निर्माणका योजना सञ्चालनका क्रममा ध्यान दिनुपर्ने पक्ष र नवीकरणीय ऊर्जा विकासका माध्यमको खोजी र योजनालगायत विषय समेटिने उहाँले बताउनुभयो । योजना निर्माणले भविष्यमा हुने जलवायु परिवर्तन एवम् जलवायु परिवर्तन न्यूनीकरणका उपायबारे सबैलाई जानकारीसमेत मिल्नेछ । सो योजनामा कहाँ क्षमता अभिवृद्धि आवश्यक छ रु कहाँ संस्थागत संरचना विकास र सुधार आवश्यक छ रु र कहाँ अध्ययन र अनुसन्धान आवश्यक छ रु भन्ने समेत संलग्न हुने स्थानीय विकास अधिकारी तुलसीनाथ गौतमले बताउनुभयो ।

योजना निर्माणले जलवायु परिवर्तनमा लगानी र प्राविधिक सहयोग बढ्ने समेत उनले बताए । नेपाल जलवायु परिवर्तनका कारण धेरै कमजोर देश मानिन्छ । प्रमुख रुपमा ऊर्जा, कृषि र जलविद्युत् क्षेत्रमा आश्रित रहेको छ । सो योजनाले यसका जोखिम कम गर्ने दायित्व र अवसरको अधिकतम उपयोग गर्नका लागि पनि सहयोग पु¥याउन आशा गरिएको छ । योजना निर्माणपछि तत्कालै जिल्लामा कार्यान्वयन गरिनेछ । जिल्लाको विकासका लागि हाल पर्यटन गुरुयोजना, सडक गुरुयोजना, आवधिक जिल्ला विकास योजनालगायत विभिन्न योजना कार्यान्वयनको चरणमा छन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget