Websoft University

www.radiomakalu.com || 021-522512


लोडसेडिङ हटाउन भारतबाट १५ अर्बको बिजुली आयात

                          गत वर्षको तुलनामा आयात १ अर्बमात्र बढ्यो 

 



काठमाडौं , चैत्र २२ गते । लोडसेडिङ हटाउन नेपाल विद्युत् प्राधिकरणले यो वर्ष १५ अर्ब रुपैयाँको बिजुली आयात गरेको छ ।

गत वर्षको तुलनामा यो वर्ष बिजुली आयात १ अर्ब रुपैयाँमात्र बढीको भएको छ । गत वर्ष प्राधिकरणले १४ अर्ब रुपैयाँको बिजुली आयात गरेको थियो । सस्तो मूल्यमा बिजुली खरिद गरेकाले यो वर्ष बिजुली खरिदको भुक्तानी रकम १ अर्ब रुपैयाँमात्र बढेको हो ।

ऊर्जा आयात हिसावले गत वर्षको तुलनामा यो वर्ष १३ प्रतिशत बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यो वर्ष प्राधिकरणले १ अर्ब ९७ अर्ब २० करोड युनिट बिजुली भारतबाट आयात गरेको उनले जानकारी दिए । उनका अनुसार गत वर्ष १ अर्ब ७३ करोड ९ लाख युनिट बिजुली आयात भएको थियो ।

चैतमा वर्षात् भइरहेकाले पनि आन्तरिक बिजुली उत्पादन बढेको र केही आधा दर्जन आयोजना सम्पन्न भई १०५ मेगावाट बिजुली उत्पादन थप भएको उनले जानकारी दिए । अझै प्रणालीमा ४५ मेगावाट थप हुने तयारीमा रहेको उनले बताए ।

उनले यो वर्ष विद्युत् प्राधिकरणको कारोबार १४ अर्ब बढेर ४४ अर्ब रुपैयाँ पुग्ने भएको छ । गत वर्ष ३२ अर्ब रुपैयाँ बराबरको मात्र बिजुली कारोबार भएको थियो । हाल विद्युत प्राधिकरणले साँझ ९२० मेगावाटसम्म बिजुली आपूर्ति गरिरहेको उनले बताए ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षात्मा बिजुली बढी हुने जानकारी दिदै यसलाई खपत बढाउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । - बाह्रखरीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget