Websoft University

www.radiomakalu.com || 021-522512


तीन वर्षपछि युरो–६ मापदण्डको पेट्रोलियम

Image result for petroleum

काठमाडौं , चैत्र २२ गते । आउँदो तीन वर्षपछि नेपाल आयल निगम लिमिटेडले ‘युरो–६’ मापदण्डको पेट्रोलियम पदार्थ भित्र्याउने भएको छ ।

मंगलबारदेखि देशभर युरो–४ मापदण्डको पेट्रोलियम पदार्थ बिक्री वितरण सुरु गरेका निगमले २०२० सम्म युरो–६ उच्च गुणस्तरको पेट्रोलियम भित्र्याउने निगमका प्रवत्ता सीताराम पोखरेलले बाह्रखरीलाई जानकारी दिए । “अहिलेलाई मुलुकमा तेलको माध्यमबाट हुने प्रदुषण न्यूनीकरणका लागि युरो ४ मापदण्डको तेल मुलुकमा भित्र्याएका छौं,” उनले भने । युरो–६ मा सल्फर नामक तत्व ज्यादै न्यून हुने उनले जानकारी दिए । नेपाली उपभोक्ताले युरो–४ अन्तर्गत भारत स्ट्यान्डर्ड–४ (बीएस–४) गुणस्तरको पेट्रोलियम पाउने भएका हुन् ।

“इन्डियन आयल कर्पोरेसन (आईओसी) ले खरिद गरेको गुणस्तरको पेट्रोलियम हामीले खरिद गर्न पाउनेछौं,” उनले भने, “अहिले देशभर युरो–४ मापदण्डको पेट्रोलियम बिक्री वितरण गर्न थालेका छौँ ।”

युरो–४ मापदण्डको पेट्रोलियम बढी गुणस्तरको हुनुका साथै वातावरण प्रदूषण कम गर्ने उनले बताए । यस्तै पेट्रोलियम खपत पनि कम हुने र माइलेज बढाउने उनले जानकारी दिए ।

पेट्रोलियममा सल्फर नामक पदार्थ कम भएपछि वातावरण प्रदूषण पनि घटाउने उनको भनाई छ । उनका अनुसार युरो–३ मा १५० पीपीएम सल्फर हुन्छ भने ४ मा ५० पीपीएम मात्र हुनेछ । त्यस्तै एरोमेटी भन्ने तत्व पनि क्रमशः ४२ र ३५ प्रतिशत हुन्छ । सल्फर र एरोमेटीको मात्रा धेरै कम भएपछि वातावरण प्रदूषण पनि घट्ने उनको भनाइ छ ।

पेट्रोलियमको गुणस्तर बढे पनि मूल्य भने यूरो–३ कै हुनेछ । आईओसीले शनिबारदेखि नेपाललाई युरो–४ मापदण्डको पेट्रोलियम दिन थालेको छ ।
भारतमा युरो–४ मापदण्डको पेट्रोलियम बिक्री हुन थालेको छ । यस्तै भारतले युरो ३ मापदण्डको सवारीसाधानमा प्रतिबन्ध लगाइसकेको छ ।
नेपालमा पनि सरकारले युरो–३ मापदण्डका सवारीमा प्रतिबन्ध लगाउने भने पनि हालसम्म काम सुरु भएको छैन् ।
निगमले शनिबारयता २ हजार किलोलिटर पेट्रोलियम पदार्थ भित्र्याइसकेको प्रवत्ता पोखरलेले बताए ।

निगमका अनुसार हाल मुलुकमा दैनिक २० हजार किलोलिटर पेट्रोल र १ लाख १२ हजार किलो लिटर डिजलको खपत हुने गरेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget