Websoft University

www.radiomakalu.com || 021-522512


पर्यटक डाक्न चितवनमा ‘अतिथि देवो भवः’ अभियान




रत्ननगर (चितवन) ,चैत २९ गते । नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाको सहकार्यमा यो अभियान सुरु गरिएको हो ।

नेपालीहरुको आतिथ्यताको शैली र संस्कारलाई व्यवहारमा उतार्दै र बाह्य देशमा फैलाउँदै पर्यटक भित्र्याउने लक्ष्यसहित अतिथि देवो भवः अभियान थालिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुमन घिमिरेले जानकारी दिए ।


अहिले विभिन्न प्रचारात्मक अभियान थालिएको र चैत २८ मा उक्त अभियानअन्तर्गत पहिलो चरणमा नेपालका चार वटा मुख्य पर्यटकीय गन्तव्य क्षेत्रमा ‘नमस्ते अभियान’ कार्यक्रम सञ्चालन गरिएको छ ।

नेपालकै तेस्रो पर्यटकीय नगरी सौराहासहित काठमाडाैं, पोखरा र लुम्बिनीमा यही चैत २८ गते एकैसाथ ‘नमस्ते अभियान’ कार्यक्रम सञ्चालन गरिएको हो ।

क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव राममणि खनाल यो अभियानले नेपालमा पर्यटक भित्र्याउन सहयोग पुग्ने भन्दै सौराहाले अझै शुद्ध विश्व प्रसिद्ध सफारी पर्यटनका साथै नेपाली संस्कार र संस्कृति पस्कने प्रतिबद्धता जनाए ।

नेपालको नेचर, कल्चर र एड्भेञ्चरको परिचय दिँदै अतिथि देवो भवः भन्ने नेपाली संस्कारलाई व्यवहारमा उतार्नका लागि यो अभियान सुरु गरिएको नमस्ते अभियान कार्यक्रमका संयोजक लक्ष्मण गौतमले जानकारी दिए ।

नमस्ते कार्यक्रमपछि वर्षभरि गरिने अभियानका बारेमा तालिका नै सार्वजनिक गरिने समेत उनको भनाइ छ । मुख्यतः नेपाल राजनीतिक र प्राकृतिक सङ्कटबाट मुक्त छ भनेर विदेशमा प्रचार गर्ने अभियानको अभिप्राय हो ।

विदेशमा सबै काम एनआरएनएका प्रतिनिधिको अगुवाइमा हुनेछ । विश्वका ७५ देशमा एनआएनएका राष्ट्रिय समन्वय परिषद् छ । सो परिषद्मार्फत विभिन्न देशमा एक जना एनआरएनएले तीन जना पर्यटकलाई नेपाल पठाउने लक्ष्यसहित अभियान सुरु गरिएको उक्त अभियानका सचिवालय सदस्य भरत चन्दले बताए ।

“विेदेशबाट पर्यटक पठाएर मात्रै भएन, उनीहरुलाई राम्रो आतिथ्यता हुनुपर्यो, स्वागत सत्कार राम्रो भयो भने न पर्यटक दोहोर्याएर आउँछन्,” चन्दले थपे – “उनीहरुले साथीभाइलाई पनि भन्छन्, हो त्यसैका लागि अतिथि देवो भवः र नमस्ते कार्यक्रम ल्याइएको हो ।”

एनआरएनएका उपाध्यक्ष तथा पर्यटन प्रवद्र्धन नेपाल समिति, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भुवन भट्टको संयोजकत्वमा अभियान सञ्चालन गरिएको छ ।

पछिल्लो समयमा नेपालमा भूकम्पअघि जस्तै पर्यटकको आगमन बढेको छ । साविकजस्तै अहिले नेपालमा वार्षिक करिब आठ लाख पर्यटक आउन थालेको नमस्ते कार्यक्रमका संयोजक गौतम बताउँछन् ।

यो अभियानले नेपाल आउने पर्यटकको सङ्ख्या वार्षिक १५ लाखभन्दा बढी पुर्याउने लक्ष्य राखेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget