Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपति भण्डारीको भारत भ्रमण तय


Bidhya-Devi-Bhandari

काठमाडौँ, चैत ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि आगामी वैशाख ४ गते त्यसतर्फ जाने निश्चित भएको छ । भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारीको पहिलो भारत भ्रमण हुन लागेको हो ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी सार्वजनिक गरेको कार्यतालिकाअनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको शिष्टाचार भेट हुनेछ । राष्ट्रपति भण्डारी त्यहाँ हुने विभिन्न स्वागत समारोहमा पनि सहभागी हुनुुहुनेछ भने भ्रमणका क्रममा गुजरात र उडिसा राज्य पनि पुग्नुहुने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी वैशाख ९ गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget