Websoft University

www.radiomakalu.com || 021-522512


८० प्रतिशत कलेजो बिग्रिएपछि मात्रै थाहा पाइने फ्याटी लिभर कस्तो रोग हो ?



फ्याटी लिभर अर्थात बोसोयुक्त कलेजोको बारेमा प्रायः सबैलाई थाहा छ । बदलिँदो जीवनशैली तथा खानपानका कारण धेरै मानिसहरु यस समस्याबाट गुज्रिरहेका छन् ।


त्यसो त यो रोगको सबैभन्दा ठूलो समस्या भनेकै अतिरिक्त तौल हो र यसको दीर्घकालीन समाधान पनि तौल कम गर्नु नै हो ।

तर, मूख्य कुरा के हो भने, ८० प्रतिशत कलेजो बिग्रिएपछि मात्रै तपाईंले यस रोगको सुइँको पाउनुहुन्छ । चिकित्सकहरुले नियमित स्वस्थ्य परीक्षण गर्दा समयमै रोगबारे जानकारी पाइने बताउँछन् ।

के हो फ्याटी लिभर ?

हाम्रोे कलेजोमा जब बोसो जम्छ, त्यसलाई फ्याटी लिभर भन्ने गरिन्छ । जम्मा भएको बोसोले कलेजोमा रहेका सामान्य कोषिकाहरुलाई नष्ट गर्दै लैजान्छ । जसले गर्दा संक्रमण सुरु हुन्छ । यसैको कारण मानिसहरुलाई भविष्यमा हेपाटाइटिस, सिरोसिस, फाइब्रोसिस, कैसर लगायतका रोगको सम्भावना बढेर जान्छ ।

यो रोगबारे चिकित्सकहरुको पनि प्रायः एउटै राय हुने गरेको छ सबैभन्दा पहिले मोटोपना घटाउनुस् ।

चिकित्सकका अनुसार समयमा फैटी लिभरबारे पत्ता लागेमा यसको समाधान पनि सहज छ । त्यसैले यस रोग लागेकाहरुलाई चिकित्सकहरुले कम मात्रामा मात्र औषधि सेवन गर्न सल्लाह दिन्छन् ।

फ्याटी लिभर हुनुको कारण

यो रोग लाग्नुको मुख्य कारण भनेको मोटोपना हो । जंक फुड, चिल्लो खाना, समयमा नखाने, व्यायामको कमीकै कारण शरीरमा अतिरिक्त बोसो जम्मा हुने गर्दछ ।

यसबाहेक, मधुमेहको कारणले पनि कलेजोमा बोसो जम्मा हुने गर्छ । साथै थाइराइड पनि फ्याटी लिभरको एक प्रमुख कारक हो ।

लक्षण

शरीर पहेलो हुन, खान मन नलाग्नु, पेटमा पानी जम्नु लगायतका समस्या फ्याटी लिभरका प्रमुख लक्षण हुन् ।

यो समस्या बढ्दै जाँदा यसले मानिसको दिमागमा पनि असर गर्न थाल्छ । जसले गर्दा विरामीको दिमागले समेत काम गर्न छोड्छ र उसको होश हराउन थाल्छ । उसलाई रगत उल्टी हुन थाल्छ । जुन फ्याटी लिभरकै लक्षण हुन् ।

यसले बढाउँछ अन्य समस्या

चिकित्सकका अनुसार ८० प्रतिशत कलेजो विगि्रएपछि मात्र यो रोगको लक्षण देखा पर्छ । र जतिबेला रोगको लक्षण देखा पर्छ, त्यतिबेलासम्म निकै ढिलो भइसकेको हुन्छ ।

फ्याटी लिभरकै कारण विरामीलाई अन्य रोगहरुले समात्ने गर्दछ । धेरैजसो अवस्थामा विरामीलाई सिरोसिस भैसके पश्चात्त मात्र रोग पत्ता लाग्ने गर्छ । तर यसबीच पनि कुनै तरीकाबाट विरामी चिकित्सककहाँ पुगेको खण्डमा यो रोग तुरुन्तै पत्ता लाग्न सक्छ ।-अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget