Websoft University

www.radiomakalu.com || 021-522512


मसँग जो उभ्याए पनि चुनाव जित्छुः कोमल वली



मसँग जो उभ्याए पनि चुनाव जित्छुः कोमल वली

भर्खरै राजनीतिमा प्रवेश गरेकी गायिका कोमल वली यतिबेला सांस्कृतिक कार्यक्रममा भन्दा राजनीतिक कार्यक्रममा बढी भेटिन्छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङले उनलाई तुलसीपुर उपमहानगरपालिकाले मेयरको उम्मेदवारमा सिफारिस गरेको छ । राजनीतिमा प्रवेश गरेको छोटो समयमै शक्तिशाली पदको दाबेदार बनेकी कोमलसँग विनीता मरहट्टाले गरेको कुराकानी
मेयरको लागि टिकट पाउने पक्का हो ?
दाङको तुलसीपुर उपमहानगरपालिकाले सिफारिस गरेको हो । केन्द्रले निर्णय गर्नुपर्छ । म चाहिँ संसदीय निर्वाचनमा लड्न चाहन्छु ।
हुँदा खाँदाको जागिर छोडेर किन राजनीतिमा ?
सेवा गरुँ भनेर आएको । स्वतन्त्र भएर केही गर्न नसकिने रहेछ । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मेरो सोच मिल्ने भएकाले यसलाई समाएँ । राजसंस्थाको मान्यता राख्छु । बाबु अर्थात अभिभावक नभएको घरमा अनुशासन हुँदैन । राजा भनेको बाबु हो । उत्साही छु । एकदम व्यस्त छु ।
जोखिम छैन ?
प्राप्त हुने केही होइन गुमाउने मात्रै हो । धेरै जोखिम मोलेको छु । सिर्जनाकर्मी भएर गाउँगाउँमा गएर जनताको दुःख देखेको छु । वर्षौंपछि तिनै ठाउँमा पुग्दा कुनै परिवर्तन देखिनँ । पहिलेदेखि राजनीति गर्ने, सेवा गर्ने इच्छा थियो ।
कलाकारलाई जनताले भोट दलान् त ?
जनताले हेरिराछन् । विचार सुनिराछन् । मैले गीत गाउँदा पनि महिला सशक्तीकरणकै कुरा गरें । आकर्षणका लागि केही विम्ब प्रयोग भए पनि मेरा गीत महिला सशक्तीकरणकै लागि बनेका थिए । जुनसुकै दलको जुनसुकै उम्मेदवार मसँग उभ्याए पनि म चुनाव जित्छु ।

राजनीतिलाई कूटनीतिक खेल भन्छन्, कलाकारले खेल्न जान्छन् ?
कूटनीतिक खेलको विरोधी हुँ । यसैमा डर लाग्छ । छलकपट, खुट्टा तान्ने प्रवृत्ति छ । पार्टीमा भर्खरै प्रवेश गरेकी छु । धेरै अनुभव छैन । धेरैले भन्छन्, ‘फोहोरी खेल खेल्न सक्दैनौ भने टिक्दैनौ ।‍' मैले यो सब जनताको हातमा छोडेको छु । समय परिवर्तन भएको छ । फोहोर राजनीतिलाई अब हामीले सफा गर्ने हो । अरुलाई गाली गर्नुभन्दा आफैं सुरुवात गर्नु पर्छ ।
लामो समयदेखि राजनीति गरेका नेतालाई पन्छाएर पार्टीले तपाईंलाई प्राथमिकता दिएको हो ?
पार्टीले कुनै प्राथमिकतामा राखेको छैन । प्रतिनिधिको भोट पाएर केन्द्रीय सदस्य भएकी हुँ । तुलसीपुरमा म उठेँ भने सर्वसम्मत जित्छु । तर राजनीतिमा मेरो छोटो समय भएकाले त्यहाँका अग्रजलाई उठ्न आग्रह गरेकी छु । उहाँहरूको ठूलो योगदान छ । म एकैपटक पाँच तला चढ्न चाहन्नँ । खुड्किला चढ्दै जाने हो । सत्कर्म गर्दै जाने हो । यो छोटो समयमा चुनाव लड्न खर्च गर्न सक्ने अवस्था पनि मसँग छैन ।
रेडियो नेपालमा समाचार कक्षमा बसेर लामो समय काम गर्नुभयो । नेपाली राजनीतिलाई नजिकबाट नियाल्नुभएको छ, पछिल्लो राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?
अवस्था धेरै नराम्रो छ । संविधान घोषणासँगै संशोधन गर्नुपर्ने अवस्था यहाँ मात्र आयो । संशोधन गर्नुपर्ने कुरालाई पहिल्यै विचार गर्नुपथ्र्यो । दलको स्वार्थअनुसार राजनीतिमा बार्गेनिङ गर्दैछन् । इतिहासकै सबभन्दा खराब परिस्थितिमा छौं । दुई पटक मतदान गर्‍र्यौं । बल्लतल्ल अमिल्दो संविधान बनाए । देश टुक्रिने अवस्थामा पुग्न खोज्दैछ ।
संघीयताका बारेमा तपाइँको विचार ?
संघीयता नेपालीलाई पाच्य छैन । हामीलाई तराई प्यारो छ । यो किन छुट्टै बस्ने ? जनताले थाहै नपाई संविधान संशोधन हुन लाग्यो । नेताले नै जनतालाई विभाजन गराउने विचार व्यक्त गरिरहेका छन् । रिवारमुखी राजनीति गरिरहेका छन् । अब यसलाई सेफ ल्यान्ड गराउने काम राजनीतिक दलकै काँधमा छ ।
कोमल वली आएपछि जनताले के परिवर्तन महसुस गर्छन् त ?
अहिले नै त केही परिवर्तन महसुस गर्न पाउनुहुन्न । मसँग विचार मात्रै छ । चुनावमा जिताएर पठाउनुभयो भने फलानो स्वार्थका लागि फलानोलाई यति गरी भन्ने सुन्नुपर्दैन । मुलुक अहिले परिवार, पैसा र पावरबाट प्रभावित छ । व्यावसायिकताको मतलव छैन । राजनीतिक दलमा कोटा बाँड्ने पद्धति छ । यो राजनीतिक सिन्डिकेट अन्त्य गर्नैपर्छ ।- अन्नपूर्ण बाट ,विनीता मरहट्टा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget