Websoft University

www.radiomakalu.com || 021-522512


नेपालगञ्जबाट सीमापारी रुपैडिहा जाने नेपाली उपभोक्ता ७० प्रतिशत घटे


dss

नेपालगञ्ज, बैशाख ४ गते । पछिल्लो समयमा आएर विभिन्न मालसामान खरिदका लागि सीमापारी भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्ताको संख्या ७० प्रतिशत घटेको छ ।
भारतीय रुपैयाँको अभावको नाममा बढी रकम लिन थालिएको तथा भन्सार कार्यालयले राजस्व असुलीमा कडाई समेत गर्न थालेपछि खरिदारीका लागि सीमापारी जाने नेपाली उपभोक्ताको संख्या ७० प्रतिशत घटेको नेपालगञ्ज उद्योग बाणिज्य संघले जनाएको छ ।
बिभिन्न बहानामा पटक पटक नेपाली उपभोक्ता ठगीमा पर्न थालेपछि सीमापारीको रुपैडिहा बजार जानेहरुको संख्या ह्वात्तै घटेको नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताउनु भयो ।
अध्यक्ष बैश्यका अनुसार नेपाली ग्राहक घट्दै गएपछि सीमापारीको रुपैडिहा बजारको चहल पहल पनि घट्न थालेको छ ।
भन्सार नाकामा राजस्व संकलनमा कडाई शुरु गरिएको र भारतमा मूल्य बढी लिन थालिएपछि पछिल्लो समय नेपालीहरु कमै मात्रामा सिमापारी जाने गरेको र गएकाले पनि न्यून मात्रामा मात्र सामान ल्याउने गरेको अध्यक्ष बैश्यको भनाई छ ।
यसअघि दिनहँुजसो १० लाख देखि २ करोडसम्मको कारोबार हुँदै आएको रुपैडिहा बजारमा नेपाली उपभोक्ता घट्दा अहिले दैनिक २० लाखसम्मको मात्र ब्यापार हुने गरेको राष्ट्रिय व्यापार मण्डल रुपैडिहाले जनाएको छ ।
व्यापार मण्डल रुपैडिहाका अध्यक्ष विजय कुमारले खुला सीमाना भएकाले सीमावर्ती बजारमा सामान ल्याउन लैजान त्यती कडाई गर्न नहुने जनाउँदै यसले दुई देशको नागरिकस्तरको सम्बन्धलाई पनि प्रभाव पार्न सक्ने बताउनुहुन्छ ।
नेपालगञ्जका ब्यबसायीले नेपालगञ्ज बजारनै सुक्ने गरी सबै सामान रुपैडिहाबाट राजस्व नतिरेर ल्याउन दिन नहुने बताउँदै भन्सारमा कडाई गर्नु पर्ने माग पटक पटक गर्दै आएका थिए ।
सोही माग बमोजिम हाल आएर भन्सारमा निकै कडाई गरिएको कतिपयको सामाननै जफत गरिएको भन्सारले जनाएको छ ।
लामो समयदेखि सीमावर्ती बजार रुपैडिहाका ९० प्रतिशत भन्दा बढी उपभोक्ता नेपाली नै रहेका छन् । नेपालीहरु जाने क्रम घट्दै गएपछि त्यहाँका अधिकाशं पसलहरु प्राय सुनसान देखिन थालेका छन ।
थोक तथा फुटकर नेपाली ग्राहकहरुको मुख्य आकर्षणको केन्द्र बन्दै गएको रुपैडिहा बजारका कारण जमुनाहा नाकामा समेत दैनिक करोडौंको कारोबार हँुदै आएको थियो । यसै नाका हुँदै ठुलो मात्रामा खाद्यान्न तथा लत्ताकपडा आयात हुँदै आएको थियो ।
बिशेष गरी चाडपर्वको अबसरमा रुपैडिहा बजारमा ग्राहकको ठुलो भिड लाग्ने गर्दथ्यो । पछिल्लो समयमा धेरै नेपाली उपभोक्ता रुपैडिहा नजाँदा ब्यापार घट्दै गएको भारतीय ब्यापारीको भनाई छ ।
भारतीय व्यापारीहरुको साझा संस्था राष्ट्रिय व्यापार मण्डल रुपैडिहाका अनुसार रुपैडिहामा मात्र सानाठूला गरेर करिब ५ सय पसल छन् । ती सबै पसलका अधिकांश ग्राहक नेपाली नागरिकनै रहेका छन् ।-
नेपालगञ्ज समाचारदाता

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget