Websoft University

www.radiomakalu.com || 021-522512


हामीलार्इ यातना नदेऊ : म्यादी प्रहरी

 हामीलार्इ यातना नदेऊ : म्यादी प्रहरी
जनकपुर अञ्चल प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्दै म्यादी प्रहरी

जनकपुरधाम  बैशाख १२ गते  ।   स्थानीय तहको निर्वाचनमा सुरक्षा प्रदान गर्न म्यादी प्रहरीका रूपमा तालिम लिइरहेकाहरूले जनकपुरमा प्रहरी प्रशासनको विरोधमा प्रदर्शन गरेका छन् । म्यादी प्रहरीका लागि प्रशासनद्वारा दिइने तालिममा आफूहरूलाई यातना दिइएको भन्दै तालिममा सहभागी आक्रोशित बनेका हुन् ।तालिमका क्रममा सोमबार एकजना महिला र तीनजना पुरुष बेहोश भएपछि अन्य तालिममा सहभागीहरूले होहल्ला गर्दै विरोध प्रदर्शन गरेका हुन् । तराईमा गर्मी बढ्दै गएको अवस्थामा कडा घाममा पनि आफूहरूलाई तालिम दिने गरिएको र सोही क्रममा चर्को घाममा दोडाउने क्रममा साथीहरू बेहोश भएको म्यादीको तालिममा सहभागी एक युवकले बताउनुभयो ।
तालिमका क्रममा आफूहरूलाई अपशब्द प्रयोग गरी गाली गर्ने, खाना खानेबित्तिकै दोडाउने र अन्य शारीरिक परि श्रम पर्ने काम गराउने गरिएको तालिमका अन्य सहभागीहरूको गुनासो छ । आक्रोशित म्यादीहरूले जनकपुर अञ्चल प्रहरी कार्यालयअघि हातमा लठ्ठी लिएर केहीबेर होहल्ला गरेका थिए । तालिमका क्रममा बेहोश भएकाहरूमा जनकपुर उपमहानगरपालिका ९ निवासी ज्ञानु कर्ण, गोपालपुर निवासी पुणेशकुमार यादव, जनकपुर १६ निवासी धीरेन्द्रकुमार दास र धनौजी कटैयाका विजय मुखिया रहेको जनकपुर अञ्चल अस्पतालले जानकारी दिएको छ ।
तालिममा अपशब्द प्रयोग गरी गाली गर्ने, खाना खानेबित्तिकै दोडाउने र अन्य शारीरिक परि श्रम पर्ने काम गराउने गरिएको तालिमका सहभागीको गुनासो छ ।
गर्मीका कारण उनीहरू बेहोश भएको र सबैको अवस्था सामान्य रहेको अस्पतालका चिकित्सकको भनाइ छ । म्यादी प्रहरीहरूको प्रदर्शनका कारण केहीबेर तालिमस्थलमा तनाव उत्पन्न भएको थियो । प्रहरी उपरीक्षक लालमणि आचार्यले तालिम लिनेहरूलाई सम्झाइबुझाइ गरेपछि अवस्था सामान्य भएको थियो । प्रहरीको तालिम अलि कडा खालकै हुने गरेको र यस्तो अवस्थामा गर्मीले केही तालिमकर्ताहरू बेहोश भएपछि होहल्ला भएको प्रहरी नायव उपरीक्षक मनोज यादवले बताउनुभयो । 'केही बेहोश भएका हुन् भने केहीले नाटक पनि गरेका हुन्', उहाँले भन्नुभयो, 'हामीले यस्ता प्रकारका बदमासी गर्नेहरूलाई खोजेर कारबाही गर्छौं ।'
धनुषामा हाल जिप्रका धनुषाअन्तर्गत पाँच सय र जनकपुर अञ्चल प्रहरी कार्यालयअन्तर्गत तीन सयजनाले म्यादी प्रहरीको तालिम लिइरहेका छन् । विरोध हुने टोली जिप्रकाको हो ।- मनिका झा,  तस्बिर : अन्नपूर्ण

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget