Websoft University

www.radiomakalu.com || 021-522512


फाइनल प्रवेशका लागि टिम चौराहाले रुपन्देहीलाई दियो १७३ रनको लक्ष्य




 धनगढी प्रिमियर लिग क्रिकेटको फाइनल प्रवेशका लागि टिम चौराहाले रुपन्देही च्यालेन्जर्ससामू १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।


रुपन्देहीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

टस जितेर पहिले ब्याटिङ गरेको टिम चौराहाले कप्तान पारस खड्काको आक्रमक पारीसँगै २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायो ।

यो डीपीएलकै दोस्रो उच्च स्कोर हो भने टिम चौराहाको सबैभन्दा ठूलो स्कोर हो । डीपीएलको ठूलो स्कोर भने काठमाडौं गोल्डेन्सले बिराटनगर किङ्ग्सविरुद्ध १७३ रन बनाएको थियो, जुन खेल उसले ८६ रनले जित्यो ।

टिम चौराहाका कप्तान पारस ६७ रनमा अविजित रहे । ४१ बलको सामना गरेका उनले ६ चौका र ४ छक्का हाने । राजु रिजालले २५ रन बनाए । शौरभ खनाल २४ रनमा अविजित रहे । अमर रौतेलाले १६ रन जोडे ।

रुपन्देहीका कृष्ण कार्कीले २ तथा विक्रम भुसाल र शहब आलमले एक-एक विकेट लिए ।-अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget