Websoft University

www.radiomakalu.com || 021-522512


हतियार अझै बुझाइएन्


zxc_1
नेपालगन्ज, वैशाख ९ गते  । स्थानीय निकाय निर्वाचनलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले निश्चित समय अवधिका लागि नागरिकसँग भएको हतियार बुझाउन गरेको आग्रहलाई यथोचित पालना गरिएको छैन ।

स्थानीय प्रशासन कार्यालयले गत चैत ९ गते सूचना जारी गरी चैत २४ गतेसम्म हतियार बुझाउन आग्रह गरेकोमा त्यसको बेवास्ता भएपछि पुनः वैशाख ५ गतेसम्म बुझाउनका लागि म्याद दिइएको थियो ।

यहाँका नागरिकसँग भएको अनुमति प्राप्त हतियार बन्दुक, पेस्तोल र सटगन बुझाउन गरेको आग्रहलाई अहिलेसम्म ५० जनाले मात्र पालना गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी रविलाल पन्थकाअनुसार, हतियार खरिदका लागि बाँके जिल्लाबाट अनुमति लिएका र अन्य जिल्लामा खरिद गरी यहाँ नवीकरण गरेकाको सङ्ख्या जिल्लामा ८०० रहेको छ ।

गृह मन्त्रालयले हिजो हतियार बुझाउनका लागि जारी गरिएको सूचनामा वैशाख १५ गतेसम्मको अवधि दिएकोमा यस जिल्लामा पनि सोही अवधि लागू हुने प्रजिअ पन्थले बताउनुभयो ।

‘मन्त्रालयको सूचनालाई बेवास्ता गरी तोकिएको अवधिमा हतियार नबुझाउनेलाई कानुन अनुसार कारबाहीको दायरामा ल्याइने छ’—प्रजिअ पन्थले भन्नुभयो ।

यसैबीच, स्थानिय निकाय निर्वाचनको सुरक्षा व्यवस्थालाई चुस्त,दुरुस्त बनाउन अपनाउनुपर्ने रणनीतिका सम्बन्धमा प्रजिअ पन्थको नेतृत्वमा जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी, नेपाली सेनाका पदाधिकारी, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकारीको टोली आज जिल्लाको राप्तीपारी क्षेत्रको अनुगमनमा गएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget