Websoft University

www.radiomakalu.com || 021-522512


नगर र गाउँपालिकाको प्रमुखमा दलितको चर्चा नै भएन्

zxsd

जुम्ला, वैशाख ९ गते  । । स्थानीय तहको निर्वाचन आउन अब २१ दिनमात्र बाँकी हुँदा पनि जुम्लामा कुनैपनि पार्टीबाट प्रमुख पदका लागि दलितको नाम चर्चामा आउन सकेको छैन ।

जुम्लामा एक नगरपालिकासहित सात गाउँपालिकाको प्रमुख उपप्रमुख कुनै पदमा कुनै पनि दलले दलितको नाम अघि सारेका छ्रैनन् ।

नगर गाउँपालिका गरी ६० वडा भएको जुम्लामा गुठिचौर गाउँपालिका– ५ मा नेकपा (माओवादी केन्द्र)ले नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य चन्द्रबहादुर नेपालीलाई वडाध्यक्ष पदमा सिफारिस गर्नुबाहेक अन्य कुनै ठाउँमा दलितको नाम अघि बढेको छैन ।

विगतको संस्कृतिलाई पछ्याउँदै दलहरुले यसपटक पनि दलित जातिलाई भोट बैंकको रुपमा प्रयोग गर्न लागेको नेकपा माओवादी केन्द्रका केन्द्रीय आयोजक कमिटी सदस्य लालबहादुर सार्की प्रष्ट्याउनुहुन्छ । दलितलाई कार्यकारी पद दिनुप¥यो भनेर तातोपानी गाउँपालिकाको प्रमुख पदमा आफूले दाबी गरेको सदस्य सार्कीले बताउनुभयो । “जातीय विभेद् अन्त भए पनि राजनीति विभेद् कायमै रहेको छ, जसका कारण दलित उपेक्षामा परेका छन्,” उहाँले भन्नुभयो ।

राज्यले व्यवस्था गरेको समावेशीतालाई लिएर दलहरुले फाइदा उठाएको उहाँको आरोप छ । राप्रपाका पूर्व केन्द्रीय सदस्य मनसुर सुनारले कुनै पनि पार्टीले जिम्मेवार पदको टिकट नदिँदा दलितको अपमान भएको बताउनुभयो । दलितलाई भोटका लागि मात्र प्रयोग गरेको उहाँको बुझाइ छ ।

वडाध्यक्ष पद नपाउने दलितका लागि मेयर उपमेयर पद त कल्पना भन्दा बाहिर भएको उहाँको तर्क थियो ।

नेपाली काँग्रेस जुम्लाका महाधिवेशन प्रतिनिधि जनक कामीले वडा, गाउँ हुँदै नगरपालिकासम्म दलित प्रमुख पदमा आउने विषयमा पार्टीभित्र छलफल भइरहेको तर टुङ्गो लागिनसकेको बताउनुभयो ।

नेकपा एमाले निकट दलित जातीय उत्पीडित मुक्तिमोर्चाका जुम्ला अध्यक्ष धनकृष्ण नेपालीले दलितभित्रको क्षमताको कदर कुनै दलले नगरेको गुनासो गर्नुभयो । नेपालको राजनीति परिवर्तन र विकासको इतिहासमा दलितको योगदान हुँदा पनि पुरातन सोचबाट दलितलाई लत्याइएको उहाँको बुझाइ छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget