Websoft University

www.radiomakalu.com || 021-522512


एनआइसी एसियाको नाफा ५० प्रतिशतले वृद्धि





काठमाडौं, वैशाख ६ गते । एनआइसी एसिया बैंकको नाफा ५० प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) ७५ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने १ अर्ब १३ करोड रुपैयाँ कमाएको हो ।

बैंकको व्यवसाय कै आकारमा पनि बढोत्तरी भएको छ । गत वर्ष १ अर्ब ३७ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा १ अर्ब ८४ करोड ब्याज आम्दानी गर्न सकेको हो ।


बैंकले ६३ करोड रुपैयाँ आम्दानी फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य आम्दानीबाट गरेको छ । बैंकले ४० करोड रुपैयाँ राइट ब्याक समेत गरेको छ ।
बैंकले १० करोड ५२ लाख रुपैयाँ सम्भावित जाखिम बापतको नोक्सानलाई समेत छुट्याएको छ । बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको सीमाभन्दा सहज अवस्थामा छ । यो अनुपात १३ प्रतिशत रहेको छ । बैंकमा खराब कर्जाको अनुपात घट्दै गएको छ । गत आवमा यो अनुपात १ प्रतिशतमाथी रहेकोमा हाल ०.४६ प्रतिशतमा सिमित भएको छ ।

बैंकको चुक्ता पुँजीमा ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप ७८ अर्ब ९९ करोड र ६७ अर्ब २५ करोड कर्जा लगानी भएको छ । बैंकको पुँजी लागत बढेर ५.२९ प्रतिशत पुगेको छ भने कर्जा दिदा आधार मानिने बेस रेट पुसको ७.५० को तुलनामा बढेर १० पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.५० गुणा, प्रतिसेयर नेटवर्थ १ सय ४५ रुपैयाँ रहेको छ ।- अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget