बुटवल, वैशाख ६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डामा कसैसंग कुनै सम्झौता नहुने बताएका छन् ।आफू सरकारमा भए पनि पार्टीको एजेन्डा नछाड्ने उनको भनाइ छ ।
‘पार्टीको विधान संशोधन गर्ने अधिकार निर्वाचन आयोगलाई छैन, हामी देशभर आन्दोलन गर्छौं’ बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘निर्वाचन आयोगले पार्टीको विधानमाथि प्रश्न उठाउने र फेर्ने हैसियत राख्न सक्दैन, तत्काल आयोगले कदम सच्याओस् ।’
उपप्रधानमन्त्रीसमेत रहेका थापाले मधेशी मोर्चाले मात्रै चुनाव वहिष्कार गर्नुको औचित्य नहुने बताए । उनले मोर्चा निर्वाचनमा आउने विश्वास व्यक्त गर्दै निर्धारित समयमै स्थानीय तह निर्वाचन हुने दाबी गरे ।
मोर्चा चुनावमा आए केही क्षेत्रमा मात्रै दोस्रो चरणमा चुनाव गर्न सकिने उनको भनाइ थियो ।
पार्टीको चुनाव चिह्न गाईको संरक्षण गर्न त सक्नु भएन नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘जहाँ-जहाँ चुनाव जितिन्छ त्यहाँ गौशाला निर्माण गरिन्छ ।’-कपिल ज्ञवाली
Post a Comment