Websoft University

www.radiomakalu.com || 021-522512


चीनमा बर्ड फ्लुका कारण एकको मृत्यु

चीनमा बर्ड फ्लुका कारण एकको मृत्यु

 चीनको मध्य क्षेत्रमा अवस्थित हुनान प्रान्तमा फेला परेका बर्ड फ्लु (एच७ एन९) सङ्क्रमित नयाँ बिरामीमध्ये एक जनाको आइतबार मृत्यु भएको चिनियाँ अधिकारीले बताएका छन् । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार मार्च २४–३० सम्मको समयमा थप छ जनामा बर्ड फ्लु सङ्क्रमण भेटिएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

पछिल्ला केही दिनमा यस क्षेत्रमा देखिएको चिसो मौसम र वर्षासँगै थप व्यक्तिमा सङ्क्रमण भेटिएको प्रान्तीय रोग नियन्त्रण तथा रोकथाम केन्द्रले आइतबार जनाएको छ । चीनमा देखिएको बर्ड फ्लुको सङ्क्रमणसँगै हुनान प्रान्तको राजधानी थङसामा मार्च १७ देखि जिउँदो कुखुरा व्यापारमा तीन हप्ताका लागि प्रतिबन्ध लगाइएको छ । रासस÷पीटीआई

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget