Websoft University

www.radiomakalu.com || 021-522512


काँग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने

rukh_surya


बुटवल, चैत २४ गते ।  बुटवल उपमहानगरपालिकाको मेयर को बन्ला ? भन्ने प्रश्न यतिबेला रूपन्देही जिल्लाकै चासोको विषय बनेको छ ।
नेपाली काँग्रेसबाट मेयरमा रूपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्साल, बुटवल नगरसमितिका सभापति खेलराज पाण्डे, महाधिवेशन प्रतिनिधि रामबहादुर कार्की, युवराज गिरी, काजीमान श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह र पूर्व क्षेत्रीय सभापति हरिबहादुर आचार्यले आकाङ्क्षा व्यक्त गर्नुभएको छ ।
काँग्रेसकै तर्फबाट बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, पुराना जनप्रतिनिधि रामेश्वर श्रेष्ठ र काँग्रेसका पुराना नेता हरिध्वज मल्लको नाम पनि चर्चामा छ ।
नेकपा एमालेबाट पूर्व मेयर भोजप्रसाद श्रेष्ठ, व्यवसायीहरू गोपाल राना, बाबुराम भट्टराई तथा कमल गौतम र जिल्ला अध्यक्ष शिव सुवेदीको नाम चर्चामा छ ।  नेकपा माओवादी केन्द्रमा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद बञ्जाडे र क्षेत्र नं. ४ का सहसंयोजक हरि घिमिरे, कृष्ण पोखरेल र नगर इञ्चार्ज सुदिप न्यौपाने आकाङ्क्षी हुनुहुन्छ ।
बुटवल उपमहानगरपालिकामा मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेस र एमालेबीचमै हुने देखिएको छ ।  बुटवलमा काँग्रेस र एमालेको तुलनामा माओवादी केन्द्र कमजोर रहेकोे र पार्टीले पनि उपयुक्त दलसँग तालमेल गर्नसकिने नीति लिएकाले चुनावी तालमेल हुनसक्ने तर कोसँग तालमेल गर्ने भन्नेमा छलफल नभइसकेको माओवादी केन्द्रका क्षेत्रीय सह संयोजक हरि घिमिरेले बताउनुभयो ।
१९ वटा वडा रहेको बुटवल उपमहानगरपालिकामा करिब ६६ हजार ९० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख हुमनाथ गौतमले बताउनुभयो ।  पहिलोपटक २०४९ मा भएको स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसका सूर्यप्रसाद प्रधान र ०५४ मा एमालेका नेता भोजप्रसाद श्रेष्ठ मेयरमा निर्वाचित हुनुभएको थियो । - गोरखा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget