Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपाको स्थानीय तह निर्वाचन निर्देशिका


राष्ट्रिय प्रजातन्त्र पार्टीको लागि तस्बिर परिणाम



काठमाडौँ, चैत २४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा देशभरका सबै स्थानीय तहमा प्रचारका लागि कार्यक्रम सञ्चालन निर्देशिका तयार गरेको छ । स्थानीय तह निर्वाचन तयारी कार्ययोजना रहेको सो निर्देशिकामा पार्टी सङ्गठनलाई सुदृढ तुल्याउन विभिन्न तहका कार्यकर्तालाई परिचालन गर्नेबारेमा उल्लेख गरिएको छ ।

सर्वसाधारण जनता र राप्रपाबीचको सम्बन्धलाई बढी निकट र आत्मीय तुल्याउनका लागि सो निर्देशिका प्रकाशन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त निर्देशिकाले पार्टीको एजेण्डाप्रति आम जनतामा सकारात्मक भावना बढाउन सहयोग पु¥याउने छ ।

त्यसैगरी, मुलुकको वर्तमान अवस्थाबारे आम जनतालाई जागरुक बनाउने विषयमा निर्देशन गरिएको निर्देशिकाअनुरुप आगामी स्थानीय चुनावको तयारी देशव्यापी रुपमा सञ्चालन गरिनेछ ।

पार्टीद्वारा निर्वाचनलाई लक्ष्य गरेर हालै सञ्चालन भइरहेको ‘जनताको माझमा राप्रपा’ विशेष कार्यक्रममार्फत जनताको घरघरमा पार्टीको वैचारिक सिद्धान्त तथा आदर्शलाई पु¥याइने कार्यक्रम छ ।

घरदैलो कार्यक्रममा सबै वडा, गाउँ, नगरभित्रका घरमा पार्टीका कार्यकर्ता पुग्ने छन् । वडा एकाई समितिका सदस्य, भ्रातृ सङ्गठनका सदस्य रहनेगरी वडाको भौगोलिक अवस्था हेरेर एक वा सोभन्दा बढी टोली बनाउन सकिनेछ । पार्टीको बुद्धिजीवी परिषद्ले प्राध्यापक, शिक्षक, पत्रकार, वकिल, चिकित्सक, उद्योगी, व्यापारीलगायतसँग देशको वर्तमान परिस्थिति, विभिन्न समस्या तथा चुनौतीका बारेमा छलफल गरिने युवा नेतृ सरस्वती केसी अधिकारीले बताउनुभयो ।

महिला जागरण कार्यक्रमअन्तर्गत पार्टी निकट महिला सङ्गठनले महिला अधिकारबारे देशैभर छलफल गराउनेछ । विद्यार्थी सङ्गठनले युवा, विद्यार्थी उत्सवका रुपमा हाजिरी जवाफ, खेलकुद, सांस्कृतिक कार्यक्रम गरिनेछ ।

पार्टीको केन्द्रीय समितिले यो कार्यक्रम सञ्चालन गर्न गराउन आवश्यक सहयोग तथा समन्वय गर्ने नेता किरण गिरीले जानकारी दिनुभयो । पार्टीको सन्देश नामक पर्चा तथा प्रसार सामग्री केन्द्रले पठाउने तथा अन्य प्रचार सामग्री जिल्लाले आफैँ तयार गर्नुपर्नेछ ।

यी कार्यक्रम सफल पार्न केन्द्रदेखि गाउँसम्मका कार्यकर्ताको मूल्याङ्कन अभिलेख राखिनेछ । केन्द्रले पठाएको मूल्याङ्कन फारम भरी गाउँ÷नगर, क्षेत्र र जिल्ला कार्यसमितिले वैशाखभित्र पठाइ सक्नुपर्ने व्यवस्था गरिएको छ ।

महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारको छनोट सम्बन्धित तह र सम्बन्धित जिल्ला कार्यसमितिको सिफारिसमा केन्द्रीय कार्यसम्पादन समितिले गर्नेछ । यही चैत २५ गतेभित्र उम्मेदवार छनौट गर्नुपर्नेछ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget