Websoft University

www.radiomakalu.com || 021-522512


चोरीमा संलग्न दुई भारतीय पक्राउ


चोरीमा संलग्न दुई भारतीय पक्राउ
झापा, वैशाख ८  गते   । झापाको भद्रपुर नगरपालिका–८ स्थित एक घरबाट चोरी गरेको आरोपमा दुईजना भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विहार गलगलियाका ३० वर्षीय मोहम्मद जवहुल र पश्चिम बङ्गाल नक्सालबाडीका १६ वर्षीय राहुल सोर्या रहेको वडाका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले विहिबार जानकारी दिनुभयो ।


उनीहरुलाई भद्रपुर–८ स्थित सुरज रेग्मीको घरमा चोरी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । घरको झ्यालबाट मोबाइल चोरी गर्न खोजिरहेको अवस्थामा स्थानीयवासीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको निरीक्षक चौधरीले बताउनुभयो ।

पक्राउ परेका मोहम्मद जबहुल तीन वर्षदेखि झापाका विभिन्न स्थानमा चोरी गर्दै आइरहेको प्रहरीलाई बयान दिएको प्रनि चौधरीले बताउनुभयो । राहुल विगत छ महिनादेखि चोरी घटनामा संलग्न भएको र उनीहरुले नेपालबाट ५० भन्दा बढी साइकल र २५ भन्दा बढी मोबाइल, पर्ससहित नगद चोरी गरिसकेको प्रहरीलाई बयान दिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइसकेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो । गत दुई साताको अवधिमा भद्रपुर क्षेत्रका एक दर्जन घर तथा पसलमा चोरी भइसकेको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget