Websoft University

www.radiomakalu.com || 021-522512


आयुर्वेदका कुराः बिर्सेर पनि सँगै नखानुहोस् यी १० खानेकुरा





आयुर्वेदमा खान–पिनको विषयमा नियम बनाइएको छ । आयुर्वेदमा विपरित गुण वा विपाक (पचेपछिको तासिर) भएका खानेकुरा एकैपटक खानुहुँदैन । नभए स्वास्थ्यमा समस्या हुनसक्छ । भारतीय ज्ञान विश्वविद्यालयका आयुर्वेद विभाग के डा. अखिलेख सिंहले यस्तै १० खानेकुराबारे जानकारी दिएका छन् ।

दुधसँगै दहीः

आयुर्वेदका अनुसार दुबै विपरित प्रकृतिका आहार हुन् । यो सँगै खाँदा कब्जियत वा झाडा लाग्न सक्छ ।

दुधसँगै नुनिलो खानेकुराः

नुनसँग मिल्दा दुधमा भएको प्रोटिनको पोषक तत्व कम हुने गर्दछ । छालाको समस्या पनि निम्तिन सक्नुहुन्छ ।

दही र फलफूलः

दुबैमा भिन्न इन्जाइम हुन्छ । दही र फलफूल सँगै खाँदा रुघा–खोकी र एसिडिटीको समस्या हुनसक्छ ।

दुघसँगै माछाः

दुबै विपरित प्रकृतिका आहार हुन् । यी खानेकुरा एकैपटक खाँदा छालाको समस्या हुनसक्छ ।

गुलियो फलसँगै अमिलो फलः

यी दुई प्रकारको फलमा विपरित गुण हुन्छन् । सँगै खाँदा पेट गडबडी हुनसक्छ ।

फ्रुट जुस ककटेलः

गुलियो र अमिलो फलको जूसले एसिडिटी र झाडा जस्तो समस्या निम्त्याउन सक्छ ।

मह र घ्यूः

आयुर्वेद अनुसार यी दुई खानेकुरालाई समान मात्रामा मिसाएर खाँदा विष सरह हुन्छ ।

गरम मसला र दुधः

दुध शीत प्रकारको हुन्छ र गरम मसाला ऊष्ण अर्थात् गर्मी हुन्छ । यी दुई एकैपटक खाँदा पेटको समस्या हुने गर्दछ ।

खानासँगै फलफूलः

खानामा पाइने एसिड पाचन एसिडसँग मिलेर एसिडिटी बढाउँछ । यसले अपचको समस्या निम्त्याउँछ ।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget