Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्ड सरकारले फासिवादी आतंक मञ्चन गर्‍यो : वैद्य


प्रचण्ड सरकारले फासिवादी आतंक मञ्चन गर्‍यो : वैद्य

काठमाडौं, चैत  २० गते।   स्थानीय निर्वाचनका लागि पार्टी दर्ता, चुनाव चिन्ह तथा मतदाता नामावलीमा नाम दर्ताको माग गर्दै धर्ना दिने क्रममा पार्टीका शीर्ष नेता पक्राउ परेकोप्रति मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आपत्ति जनाएको छ।
पार्टी अध्यक्ष मोहन वैद्यले हस्ताक्षर गरेको विज्ञप्तिमा पार्टी नेतासहित अन्य पार्टीका संयोजक र नेता पक्राउ परेकोप्रति आपत्ति जनएका हुन्।
‘स्थानीय निर्वाचन उपयोग गर्ने क्रममा पार्टी दर्ता, चुनाव चिन्ह तथा मतदाता नामावलीमा नाम दर्ताको विषयलाई लिएर काठमाडौंको निर्वाचन आयोगमा धर्ना कार्यक्रममा संलग्न भएका हाम्रो पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेल, केन्द्रीय सदस्य सुरेस श्रेष्ठ, वसन्त वोगटी, कार्यकर्ता किरण नगरकोटी, बालकुमार सुनुवारका साथै नयाँ शक्ति पार्टीका समयोजक तथा पूर्व प्रधानमन्त्री डा. वावुराम भट्टराई लगायत ४८ जना भन्दा बढीलाई गिरफ्तार गरी लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाउँदै वर्तमान सरकार फासिवादी आतंको मंचन गदैंछ,’ वैद्यले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा दमन, पक्राउ र मानसिक यातनादिने कार्यप्रति आपत्ति जनाउदै बैद्यले पक्राउ परेका नेतालाई तत्काल रिहा गर्न माग गरेका छन्। ‘यस प्रकारको दमन, धरपकड र मानासिक यातनादिने कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तार गरिएका नेता, कार्यकर्तालाई तत्काल रिहागरी वहाँहरुले उठाएका मागहरु पूरा गरियोस्।’- अन्नपूर्णपोस्ट बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget