Websoft University

www.radiomakalu.com || 021-522512


अमेरिकी कामदार राख्न ट्रम्पको आदेश

अमेरिकी कामदार राख्न ट्रम्पको आदेश


वासिङटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामै निर्मित वस्तु किन्न र अमेरिकी कामदार नै राख्ने आदेश जारी गर्नुभएको छ । विस्कन्सिनस्थित एउटा उद्योगको भ्रमण क्रममा राष्ट्रपति ट्रम्पले ‘अमेरिकी नै किनौं, अमेरिकी नै राखौं’ आदेशमा हस्ताक्षर गर्नुभएको सरकारी अधिकारीले जनाएका छन् ।
‘यो आदेशको माध्यमबाट हामीले विश्वलाई निकै ठूलो सन्देश र संकेत प्रवाह गरेका छौं । हामीले हाम्रा कामदारको संरक्षण गर्ने छौं, जागिरको प्रतिरक्षा गर्ने छौं र अन्त्यमा अमेरिकीलाई नै पहिलो प्राथमिकतामा राख्ने छौं’, सयौं मजदुरसामु कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि राष्ट्रपति ट्रम्पले भन्नुभयो । अहिलेको कार्यकारी आदेशले प्रवेशाज्ञा प्रणालीमा समेत प्रभाव पार्ने सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आदेशलाई बसाइँसराई प्रणालीमा रहेका कमी कमजोरी सच्याउने अवसर पनि मानिएको छ ।
‘अमेरिकी नै किनौं, अमेरिकी नै राखौं’ लाई अमेरिकी उत्पादन खरिद गर्न र अमेरिकी नागरिकलाई काममा लगाउन प्रोत्साहित गर्न आदेश जारी गरिएको अमेरिकी अधिकारीले जनाएका छन् ।
राष्ट्रपति कार्यालयकी सञ्चार सचिव सारा सान्डर्सले आदेशबाट अमेरिका अझै बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो । अमेरिका बनाउने अमेरिकी कामदारको पक्षमा राष्ट्रपति ट्रम्पको आदेश आएको उहाँको भनाइ छ । आदेशमा विशेष दक्षता आवश्यक पर्ने क्षेत्रमा काम गर्ने विदेशीलाई दिइने प्रवेशाज्ञा कार्यक्रमको समीक्षा गर्ने उल्लेख छ ।-

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget