Websoft University

www.radiomakalu.com || 021-522512


स्वस्थ रहन पेय पदार्थ


स्वस्थ रहन पेय पदार्थ 


आँपपन्ना
आँपपन्ना एक लोकप्रिय पेय पदार्थ हो । काँचो आँपबाट बनाइएको यो पेय पदार्थमा ‘भिटामिन सी‍' र ‘एन्टिअक्सिडेन्ट‍' मिसिएको हुन्छ जसका कारण गर्मीमा हुन सक्ने विभिन्न समस्याबाट बच्न सकिन्छ । यसका साथै यसले शरीरलाई शीतल बनाउन सहयोग गर्छ । यसले शरीरलाई हिट स्ट्रोकबाट बचाउन र शरीरमा पानीको कमी हुनबाट जोगाएर राख्छ । यो स्वास्थ्यवद्र्धक र स्वादिलो पनि हुन्छ । यसमा मनपर्ने खालका मसलाहरू हालेर पिउन सकिन्छ ।
बटर मिल्क
यो पेय पदार्थले गर्मीको समयमा खाना पचाउनको लागि सहयोग गर्छ । विशेषगरी यो खानापछि पिउने गरिन्छ । दही, पानी, मरिच, नुन, अदुवा र जिरा मिसाएर बनाइएको यो पेय पदार्थले गर्मीमा शरीरलाई पानीको कमी हुनबाट जोगाउनुको साथै पाचनप्रक्रियालाई पनि सघाउँछ । मसलेदार खाना खाएपछि यो पिउनु निकै लाभदायक मानिन्छ ।
कागतीपानी वा लेमोनेड
कागतीपानी सायद गर्मीका लागि उत्तम, सबैभन्दा सस्तो र फलदायी पेय हो । सस्तोमात्रै होइन यो गर्मीमा एकदमै प्रभावकारी पनि हुन्छ । ‘भिटामिन सी‍' बाहेक यसमा ‘भिटामिन बी‍' पनि पाइन्छ । यसमा मिनरल, क्याल्सियम, म्याग्नेसियम र फस्फोरस पनि पाइने हुनाले यसको सेवनले शरीरलाई फाइदा पुर्‍याउँछ । ताजा पानीमा कागती र रुचिअनुसार चिनी वा नुन हालेर पिउन सकिन्छ ।
खर्बुजाको जुस
गर्मीको लागि खर्बुजाको जुस एउटा उत्तम पेय हो । खर्बुजा खाँदा आउने यसको बिउहरूले गर्दा वाक्क भएमा यसलाई जुस बनाएर पिउन सकिन्छ । यसले स्वास्थ्यमा धेरै प्रकारको फाइदा गर्छ । यसले तौल घटाउनको लागि पनि धेरै सहयोग पुर्‍याउँछ । यसमा ९० प्रतिशत पानीको मात्रा हुन्छ । सय ग्राम खर्बुजामा ३० क्यालोरी पाइन्छ । यसले किड्नीलाई स्वास्थ्य राख्न र गर्मीमा हुने मांसपेशी दुखाइ, आँखाको दुखाइबाट पनि बच्न सहयोग गर्छ । यसमा तुलसीको पात मिलाएर पिएमा अझै बढी फाइदा गर्छ ।
जलजिरा
जलजिरा अर्को प्रसिद्ध पेय हो । यसले भोक जगाउने काम गर्छ । यसलाई गुलियो र स्पाइसी स्वाद बनाएर पिउन सकिन्छ । यसमा जिरा, मरिच, तुलसी, इम्ली र पानी राखेर पिउन सकिन्छ ।
उखुको जुस
गर्मीमा उखुको जुस पिउनाले हृदयघातबाट बच्न सकिन्छ । यसले शरीरमा हुन सक्ने इन्फेक्सनबाट बचाउँछ । यसबाहेक उखुको जुसमा पोटासियम, ग्लुकोज, एन्टिअक्सिडेन्ट, क्याल्सियम, म्याग्नेसियम पाइन्छ । यसले पनि शरीरमा पानीको मात्रालाई जोगाउन मद्दत गर्छ ।
नरिवलको जुस
नरिवलको जुस पनि अर्को फाइदाजनक पेय पदार्थ हो । यसले शरीरलाई पुनर्ताजगी गराउँछ । थोरै मात्रै नरिवल पानी पिउँदा पनि पोषण पाइन्छ । यसमा कोलस्ट्रोलको मात्रा शून्य प्रतिशत हुन्छ भने ‘भिटामिन बी‍' पनि पाइन्छ । नरिवल पानीले झाडापखाला हुनबाट जोगाउँछ । छालामा चमक ल्याउनुका साथै मिर्गौलाको पत्थरीको जोखिमबाट पनि बचाउँछ ।
पानी
माथिका सबै पेयहरू लाभदायक छन् । तर पनि सबैभन्दा महत्ववपूर्ण र नभै नहुने भनेको पानी हो । पानीको गुणलाई भुल्नु हुँदैन । गर्मीमा घामको ताप र पसिनाको कारण शरीर सुक्ने हुनाले पानी धेरै आवश्यक छ । पानीले शरीर, छाला र दिमागलाई पनि स्वास्थ्य बनाउछ । यसले शरीरमा भएका विकारबाट बचाउनुको साथै शरीरको तापक्रमलाई सन्तुलनमा राख्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget