चितवनः चितवनमा गर्न लागिएको राष्ट्रिय प्रजातान्त्रण पार्टीको आम सभा पानीका कारण प्रभावित भएको छ । बिहान परेको पानीका कारण १० बजेका लागि तोकिएको भएपनि साढे १ बज्दा पनि सुरु हुन सकेको छैन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको अगाडी रहेको गेष्ट हाउस चौरमा पानी जमेको थियो । कार्यकर्तालाई बस्न पनि समस्या भएपछि ट्याङ्कर प्रयोग गरिएको छ । तर निरन्तर पानी परेकोले आयोजक अन्योलमा रहेको छ । मौसम सफा नभएपछि सभा प्रभावित बनेको हो । सभालाई सम्बोधन गर्न अध्यक्ष कमल थापा, बरिष्ठ नेता पशुपति सम्शेर राणा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अन्नपूर्ण , तस्विरः अनिल ढकाल
Post a Comment