Websoft University

www.radiomakalu.com || 021-522512


सडक किनारमा रहेको बम विस्फोट नौको मृत्यु

सडक किनारमा रहेको बम विस्फोट नौको मृत्यु
पाकिस्तान । अफगानिस्तानको सीमाक्षेत्रमा रहेको पाकिस्तानको उत्तरपश्चिम आदीवासी जिल्ला कुर्रम सडक किनारमा राखिएको बममा एक यात्रुवाहक बससँग ठोक्किँदा कम्तीका नौ व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य १३ जना घाइते भएका अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

 यस विस्फोटनमा मारिएकाहरुमा महिला र बालबालिका पनि रहेका बताइएको छ । एक बालक अर्का एक नौ वर्षीय केटा र दुई महिलाको मृत्यु भएको वरिष्ठ स्वास्थय अधिकारी मुजाहिद खानले एएफपी समाचार समितिलाई जानकारी दिएका छन ।

यस बम विस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएका छैनन् । तर यस प्रकारको आक्रमणमा बारम्बार पाकिस्तान तालिवान आतङ्ककारी समूहको हात रहने गरेको हुनाले यस आक्रमणमा पनि सोही समूहको हात रहेको प्रहरीको अनुमान रहेको छ । रासस÷एएफपी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget