Websoft University

www.radiomakalu.com || 021-522512


अष्ट्रेलियाको नागरिकतामा कडाई, चार वर्ष बसेकै हुनुपर्ने




क्यानबरा । अष्ट्रेलियाले आफ्नो आप्रवासन प्रक्रियामा व्यापक उलटफेर गर्दै नागरिकता लिन झन् कठिन बनाउने भएको छ । नयाँ व्यवस्थाअनुसार नागरिकता लिन चाहने आप्रवासीले कम्तिमा चार वर्ष अष्ट्रेलियामा स्थाई बसोबास गरेकै हुनुपर्छ ।


अष्ट्रेलियाले दक्ष विदेशी कामदारलाई दिने भिसामा कडाई गर्ने घोषणा गरेको दुई दिनपछि नागरिकतामा पनि कडाई गर्ने जनाएको हो । नयाँ परिवर्तनबाट आप्रवासीहरुलाई स्थानीय समुदायसँग अझै राम्ररी घुलमिल हुने अवस्था बन्ने प्रधानमन्त्री टर्नबुलको दावी छ ।

‘उनीहरु अष्ट्रेलियाको मूल्य-मान्यताप्रति प्रतिवद्ध भएको देखाउनु महत्वपूर्ण छ,’ उनले भने ।

के-के छन् परिवर्तन ?

अष्ट्रेलियाको मूल्य-मान्यताका विषयमा वर्णन गर्दै टर्नबुलले आप्रवासीहरुले धार्मिक स्वतन्त्रता र लैंगिक समानतालाई समर्थन गर्नैपर्ने बताए ।

‘महिला र बालबालिकाको सम्मान अष्ट्रेलियाको मुख्य मूल्य-मान्यता हो,’ उनले भने । घरेलु हिंसा कुनै पनि हालतमा सैह्य नहुने पनि उनले बताए ।

नागरिकता प्रक्रियामा गरिएका अन्य परिवर्तन यस प्रकार छन्:

अंग्रेजी भाषा पढ्ने, लेख्ने, सुन्ने र बोल्ने कडा परीक्षा दिनुपर्ने
स्थानीय समुदायमा घुलमिल भएको प्रमाण उपलब्ध गराउनुपर्ने, जसमा रोजगारीको इतिहास, स्कुल भर्ना वा सामुदायिक संगठनहरुको सदस्यता आदि पर्दछन्
कम्तिमा चार वर्षदेखि अष्ट्रेलियाको स्थायी बासिन्दा हुनुपर्ने
आवेदकहरुले तीन पटक मात्रै आवेदन दिन पाउने, परीक्षामा चिटिङ गर्ने व्यक्ति स्वतः फेल हुने  . । -अनलाइनखबर


Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget