
काठमाडौं, वैशाख ७ गते.। मधेसवादी पाँच दलबीच एकीकरण भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच पाँच मधेसवादी दलहरुबीच एकता भएको घोषणा गरिएको हो।
तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टी र तराई मधेस समाजवादी पार्टीबीच एकीकरण भएको हो। पाँच पार्टीबीच एकीकरण पश्चात पार्टीको नाम ‘‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ।
चुनाव चिन्ह भने छाता रहने छ भने पार्टीको नेतृत्व पुराना पाँच दलका अध्यक्षहरुले पालैपालो गर्ने सहमति भएको छ। बुधवार राति अबेर बसेको मधेसवादी पाँच दलका शीर्ष नेताहरुको बैठकले पार्टी एकताबारे अन्तिम टुंगो लगाएको थियो।
तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई अध्यक्ष बनाउनेमा सबै नेताहरुले सहमति जनाएपनि दोस्रो वरियतामा को रहने भन्ने विषयमा विवाद भएको थियो। दोस्रो वरियताबारे टुंगो लाग्न नसकेपछि पार्टीको नेतृत्व पाँच दलकै अध्यक्षले पालैपालो गर्ने सहमति गरिएको हो।- अन्नपूर्ण बाट
Post a Comment