Websoft University

www.radiomakalu.com || 021-522512


आईपीएलको पहिलो खेलमा युवराजको विस्फोटक ब्याटिङ, सनराइजर्स विजयी




युवराज सिंहको विस्फोटक ब्याटिङसँगै इण्डियन पि्रमियर लिगको पहिलो खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले पराजित गरेको छ ।

सनराइजर्सले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याएको बैंग्लोर १९.४ ओभरमा सबै विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । उसका लागि क्रिस गेलले ३२ रन बनाए भने उमेश यादवले ३१ रनको योगदान दिए ।


उसलाई सस्तैमा समेट्ने क्रममा आषिश नेहरा, भुवनेश्वरकुमार र राशिद खानले २-२ विकेट लिए ।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको सनराइजर्सले २० ओभरमा ४ विकेट गुमाएर २०७ रन बनाएको थियो ।

उसले पहिलो विकेटका रुपमा कप्तान डेभिड वार्नरलाई मात्र १४ रनमा गुमाएको थियो । तर, दोस्रो विकेटका लागि शिखर धवन र मोइज हेनरिक्सले ७४ रनको साझेदारी गरे । धवन ४० रन बनाएर आउट भए ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका युवराजले विस्फोटक पारी खेले । हेनरिकसँग ५८ रनको साझेदारी गरेका उनले दिपक होडासँग ३९ रनको साझेदारी गरे र, मात्र २७ बलमा सात चौका र ३ छक्कासहित ६२ रन बनाए ।

हेनरिक्सले ५२ रन बनाएका थिए । होडा र बेन कटिङ समान १६-१६ रनमा अविजित रहे ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget