Websoft University

www.radiomakalu.com || 021-522512


जीवन बिमा कारोबारः एक वर्षमै तीन अर्ब वृद्धि


 जीवन बिमा कारोबारः एक वर्षमै तीन अर्ब वृद्धि

काठमाडौ चैत २४ गते ।  पछिल्लो समय बिमा गर्नेको संख्या र कारोबार रकम दुवैमा वृद्धि भएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म जीवन बिमा कारोबार १६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । गएको वर्षको दोस्रो त्रैमासिकसम्म १३ अर्ब ११ करोड ५२ लाख रुपैयाँको जीवन बिमा कारोबार भएको थियो । जीवन बिमाबापतको शुल्क गत वर्षको तुलनामा यस आर्थिक वर्ष तीन अर्बभन्दा बढीले वृद्धि छ ।
चालू आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकसम्म सात लाख ५९ हजार २० जनाले बिमा गरेका छन् । गत वर्ष सोही अवधिमा ६ लाख ५६ हजार एक सय ४९ जनाले जीवन बिमा गरेको समितिले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष बिमा गर्ने पनि एक लाख दुई हजार आठ सय ५१ जना बढेका छन् । बिमा गर्नेको संख्या बढेसँगै बिमा रकम पनि बढेको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए ।
यस अवधिमा सात अर्बको सर्वाधिक जीवन बिमा भएको छ भने गएको वर्षको समीक्षा अवधिमा यस्तो बिमा ६ अर्ब रुपैयाँ मात्र थियो । यसरी बिमा गराउने कम्पनीमा सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स छ ।यो कम्पनीले यस अवधिमा चार अर्ब ९४ करोडको जीवन बिमा गराएको छ । जीवन बिमा गराउने दोस्रो कम्पनीमा लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीले यो अवधिमा तीन अर्ब ६७ करोडको जीवन बिमा गराएको छ । नेसनल लाइफ इन्स्योरेन्स सर्वाधिक जीवन बिमा गराउने कम्पनीको तेस्रो स्थानमा छ । यो अवधिमा कम्पनीले दुई अर्ब नौ करोडको जीवन बिमा गराएका थिए ।
गएको वर्षको दोस्रो चौमाससम्म नेपाल लाइफ इन्स्योरेन्सले चार अर्ब १२ करोड, लाइफ इन्स्योरेन्स दुई अर्ब ९५ करोड, नेसनल लाइफ इन्स्योरेन्स एक अर्ब ४९ करोड रकमको जीवन बिमा गराएका थिए ।बिमा क्षेत्रको प्रचारप्रसार बढ्दै गएपछि बिमा गर्नेको संख्या र कारोबार रकम पनि बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म देशमा सञ्चालित २६ वटा बिमा कम्पनीबाट २० अर्ब ८१ करोड ३८ लाख रुपैयाँको कारोबार भएको हो । गएको वर्षको दोस्रो त्रैमाससम्म बिमाकको कारोबार रकम १८ अर्ब ४८ करोड २० लाख थियो ।
यस अवधिमा सात अर्बको सर्वाधिक जीवन बिमा भएको छ भने गएको वर्षको समीक्षा अवधिमा यस्तो बिमा ६ अर्ब रुपैयाँको मात्र थियो । यसरी बिमा गराउने कम्पनीमा सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीले यस अवधिमा चार अर्ब ९४ करोडको जीवन बिमा गराएको छ । जीवन बिमा गराउने दोस्रो कम्पनीमा लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीले यो अवधिमा तीन अर्ब ६७ करोडको जीवन बिमा गराएको छ । नेसनल लाइफ इन्स्योरेन्स सर्वाधिक जीवन बिमा गराउने कम्पनीको तेस्रो स्थानमा रहेको छ । यस अवधिमा कम्पनीले दुई अर्ब नौ करोडको जीवन बिमा गराएका थिए।
गएको वर्षको दोस्रो त्रैमासिकसम्म नेपाल लाइफ इन्स्योरेन्सले चार अर्ब १२ करोड, लाइफ इन्स्योरेन्स दुई अर्ब ९५ करोड, नेसनल लाइफ इन्स्योरेन्स एक अर्ब ४९ करोड रकमको जीवन बिमा गराएका थिए । समीक्षा अवधिमा अन्य सबै बिमा कम्पनीको कारोबार रकम बढे पनि राष्ट्रिय बिमा समितिको कारोबार रकम घटेको छ । कम्पनी सरकारी भएको र नयाँ योजना ल्याएर कार्य सम्पादन गर्न नसक्दा उसको कारोबार खस्कदो अवस्थामा देखिएको हो । संस्थानले गएको वर्षको दोस्रो त्रैमासिकसम्म एक अर्ब १४ करोड ४४ लाखको कारोबार गरेकोमा चालू आवको यो अवधिमा आइपुग्दा कारोबार रकम घटेर एक अर्ब १३ करोड ५८ लाखमा खुम्चिएको छ ।
चुक्ता पुँजी पुर्‍याउन कठिन
बिमा समितिले गत शुक्रबार मात्रै बिमा कम्पनी पुँजी चार गुणाले बढाएको छ । समितिका अनुसार चुक्ता पुँजी बढाउने सीमा २०७५ को असार मसान्तलाई निर्धारण गरिएको छ । समितिले ‘बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालन सम्बन्धि निर्देशिका-२०७३' जारी गरेर कम्पनीको चुक्ता पुँजी यो अवधिसम्म दुई अर्ब पुर्‍याउनु पर्ने व्यवस्था गरेको हो ।
हाल जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी ५० करोड रुपैयाँ छ । चालू आवको दोस्रो त्रैमासिकसम्म नौवटै जीवन बिमा कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७८ करोड छ । अबको १५ महिनामा महिनामा एउटै बिमा कम्पनीले दुई अर्ब पुर्‍याउन हम्मेपर्ने देखिएको हो । हाल प्रायः सबै जीवन बिमा कम्पनी चुक्ता पुँजी आधा तथा पौन अर्बको हाराहारीमा रहेका छन् । यस्तो अवस्थामा कम्पनीलाई पुँजी वृद्धि गर्न चुनौती हुने देखिएको छ । बिमा कम्पनीहरूले पनि वाणिज्य बैंकहरूले जस्तै वृद्धि भएको चुक्ता पुँजी पुर्‍याउन वोनस सेयर हकप्रद सेयर निष्कासन गर्ने भएका छन् ।-मेनुका कार्की, अन्नपुर्णबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget