Websoft University

www.radiomakalu.com || 021-522512


श्रीमती कुटेको आरोपमा लिसेस्टरका स्ट्राइकर पक्राउ



प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीका खेलाडी अहमेद मुसा श्रीमतीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका छन् ।


२४ बर्षीय नाइजेरियाली स्ट्राइकर मुसालाई लिसेस्टरले कीर्तिमानी मूल्य १६.६ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । प्रहरीले उनलाई लिसेस्टरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

अधिकारीहरुका अनुसार सामान्य घरेलु हिंसाबारेको उजुरी मंगलबार राति नै आएको थियो । जतिबेला मुसाको टोलीले सण्डरल्याण्डबिरुद्ध २-० को जित निकालेको एक घण्टामात्र भएको थियो ।

जव प्रहरीले उनको घरमा छापा मार्‍यो, त्यहाँ कोहि भेटिएनन् । प्रहरीले आश्चर्यचकित देखिएका उनका छिमेकीहरुसँग सोधपुछ गरेर फर्कियो ।

खेल सकिएपछि घर फर्किएका सिएसकेए मस्कोभाका पूर्व स्ट्राइकरलाई बुधबार दिउँसो सादा पोशाकका दुई प्रहरीले पक्राउ गरेका हुन् ।

दुई बच्चाका पिता मुसालाई आफ्नी श्रीमती जामिलालाई पिटेको आरोप लागेको थियो र प्रहरीले बिना कारबाही उनलाई छाडिदिएको छ ।

लिसेस्टरसायर पुलिसका प्रवक्ताले भनेका छन्, ‘२४ बर्षीय एक व्यक्ति एक साधारण घरेलु हिंसाको आरोपमा हिजो बिहान पक्राउ परेका थिए ।’

छिमेकीलाई उदृत गर्दै द सनले लेखेको छ, ‘मुसा एकदमै राम्रो मानिस हो, उनी सधैं हसिला देखिन्थे, उनको व्यक्तिगत जीवनका बारेमा भने मलाई थाहा छैन ।’

अर्का छिमेकीले भनेका छन्, ‘त्यो घरमा होहल्ला भएको कहिल्यै सुनिएको थिएन, मैले यो थाहा पाउन सकिन कि यहाँ पुलिस किन बोलाइयो ।’

मंगलबारको खेलमा मुसा लिसेस्टरको १८ सदस्यीय टोलीमा परेका थिएनन् । समाचारहरुमा बताइए अनुसार टोलीका नवनियुक्त प्रशिक्षक क्रिग शेकसपेयरको रोजाइमा परेका छैनन् ।

नाइजेरियाको राष्ट्रिय टोलीबाट ६० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका मुसाले चार बर्ष रुसमा बिताएर गत जुलाईमा इंग्लिस च्याम्पियनसँग अनुबन्धित भएका थिए ।-अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget