Websoft University

www.radiomakalu.com || 021-522512


कम प्रभावित जिल्लामा आजदेखि पहिलो किस्ता


Reconstruction-Authority
काठमाडौँ, चैत २१ गते ।  भूकम्पबाट कम प्रभावित भनिएका १७ जिल्लामा निजी आवास पुनःनिर्माणका लागि सोमबार पहिलो किस्ताको अनुदान रकम वितरण थालिने भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा समावेश भएकाहरूलाई घर पुनःनिर्माणको लागि पहिलो किस्ता बापतको ५० हजार रुपियाँ वितरण गर्न लागेको हो ।  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले सोमबार कास्कीको लुम्लेबाट अनुदान वितरण सुरु गर्नुहुने प्राधिकरणले जानकारी दिएको छ ।   कास्कीका ३४ गाविस तथा नगरपालिकामा सर्वेक्षण सकेर तथ्याङ्क प्राप्त भएका २ हजार २३८ घरधुरीमध्ये लुम्लेमा १६२ घरधुरी लाभग्राही सूचीमा समावेश छन् ।
भूकम्प प्रभावित अर्घार्खाची, बाग्लुङ, भोजपुर, धनकुटा, गुल्मी, कास्की, खोटाङ, लमजुङ, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, सङ्खुवासभा, स्याङ्जा, चितवन, सोलुखुम्बु र तनहुँमा गरी अहिलेसम्म ५८६ गाविस तथा नगरपालिकाबाट लाभग्राहीको सूची प्राप्त भइसकेको छ ।  बाँकी १७७ गाविस तथा नगरपालिकाको तथ्याङ्क एकीकृत गर्ने कार्य भइरहेको सूचना व्यवस्थापन तथा सञ्चार शाखाका प्रमुख उपसचिव मनोहर घिमिरेले बताउनुभयो ।
सोलुखुम्बुका तीन गाविसमा भने हिमपातका कारण तथ्याङ्क सङ्कलन हुन सकेको छैन ।  ती गाविसमा केन्द्रबाट टोली खटाएर तथ्याङ् सङ्कलन गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।- गोरखापत्र बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget