Websoft University

www.radiomakalu.com || 021-522512


वायुसेवा निगमले सञ्चय कोषसँग लिने ऋणमा सरकार बस्यो जमानी




काठमाडौं, वैशाख ७ गते । दुईवटा वाइडबडी खरिद गर्नको लागि नेपाल बायु सेवा निगमले नेपाल कर्मचारी सञ्चय कोषसँग लिन लागेको ऋणमा सरकार जमानी बस्ने भएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले जमानी बस्ने निर्णय गरेको हो । सरकार जमानी बस्नेसम्बन्धी निर्णयको प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्रिपरिषद् पठाएको थियो ।

जसलाई बिहिबार बसेको मन्त्रीपरिषदले स्वीकृत गरेको छ । यसअघि नै जमानी बस्ने निर्णय गर्न खोजिएको थियो ।

तर, मन्त्रीको फेरबदलका कारण मन्त्रालयले समयमा नै यो फाइल अघि बढाउन सकेको थिएन । जहाज खरिद सम्झौता अगावै जमानी बस्ने निर्णय गर्ने तयारी गरिएकेा थियो ।

निगम र अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनबीच एयरबस ३३०-२०० सिरिजको दुई थान वाइड बडी जहाज खरिद सम्झौता गत साता सम्पन्न भएको छ । जसअनुसार ण्जहाज खरिदका लागि निगमले केहि साताभित्रै ८ अर्ब रूपैयाँ पठाउनुपर्ने भएको छ ।

यसअघि निगम र सञ्चय कोषबीच ऋणको बारेको अनौपचारिक सहमति भएको थियो । निगम र कोषबीच ९ प्रतिशत ब्याजदरमा २३ अर्ब रूपैयाँ ऋण १५ वर्षका लागि लिने अनौपचारिक सहमति भएको छ ।

निगमले वाषिर्क दुई किस्ताका दरले ऋण बुझाउने छ । विगतमा खरिद गरेको एयरबस ३२०-२०० सिरिजको न्यारो बडी जहाजका लागि पनि निगमले १० अर्ब सञ्चय कोषसँग ऋण लिएको थियो ।

वाइड बडी जहाज निगमले २० करोड ८० लाख १६ हजार डलर अर्थात २२ अर्ब ६३ करोड रूपैयाँमा खरिद गर्न लागेको हो ।

सम्झौताअनुसार निगमले अमेरिकी कम्पनीलाई पहिलो किस्ताबापत ८ अर्ब रूपैयाँ पठाउने छ । १४ अर्ब ६३ करोड रुपैयाँ दोस्रो किस्ताबापत निगमले कम्पनीलाई पठाउने छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget