Websoft University

www.radiomakalu.com || 021-522512


स्थानीय तहको संख्या थपघट हुनसक्छः कमल थापा

'सहमति जुटे निर्वाचन दुई चरणमा'


फाइल तस्वीर


बिराटनगर, वैशाख ९ गते। उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तहको संख्या थपघट हुन सक्ने बताएका छन् । मधेसी मोर्चा चुनावमा अाउन लागेकाे भन्दै थापाले त्यो स्थितिमा स्थानीय चुनाव दुर्इ चरणमा हुने बताए ।

बिराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले जनसंख्याका आधारमा स्थानीय तहको संख्या कायम गर्नुपर्ने माग मधेसी मोर्चाले राखेकाले केही जिल्लामा स्थानीय तह संख्या थपघट हुन सक्ने बताए ।


‘मोर्चाले निर्वाचनमा सहभागी हुनका लागि स्थानीय तह संख्यामा हेरफेरलगायतको सर्त राखेको छ’, थापाले भने, ‘मोर्चा निर्वाचनमा आउँदा अहिले कायम भएका स्थानीय तहमा हेरफेर हुनसक्छ ।’

थापाले सरकार र मधेसी मोर्चा सहमति नजिकै पुगेकाले स्थानीय तह निर्वाचनमा मधेसी मोर्चा सहभागी हुने दाबीसमेत गरे । सरकार मोर्चा सहमति नजिक पुगिसकेकाले केही दिनभित्रै ठोस सहमति हुने थापाको भनाइ छ ।

उपप्रधानमन्त्री थापाले संसदमा दर्ता भएको विधेयकलाई समान्य परिमार्जन गरी अघि बढाउने विषयमा मोर्चासंग सहमति बन्दै गएको जानकारी दिए । नागरिकता, भाषा, राष्ट्रियसभाको गठनविधि तथा परिमार्जनसहितको संविधान संशोधनका विषयमा मोर्चासंग छलफल भइरहेको मन्त्री थापाले बताए ।

मधेसी मोर्चा निर्वाचनमा सहभागी भए केही जिल्लामा दुई चरणमा निर्वाचन हुने सम्भावना रहेको समेत उनले बताए । ‘मधेसी मोर्चा निर्वाचनमा आए केही जिल्लामा दुई चरणमा निर्वाचन हुनसक्छ,’ उपप्रधानमन्त्री थापाले भने ।-ध्रुव भट्टरार्इ


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget