Websoft University

www.radiomakalu.com || 021-522512


चेतनशील समूह र राप्रपा बीच छलफल सम्पन्न

चेतनशील समूह र राप्रपा बीच छलफल सम्पन्न


काठमाडौं,  वैशाख १५ गते । काठमाडौं महानगरपालिकाको ३२ नं वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी र चेतनाशील समूह बीच छलफल कार्यक्रम सम्पन्न भएको छ । चेतनाशील समूहले आयोजना गरेको कार्यक्रममा आसन्न स्थानीय तहको निर्वाचन, त्यसमा राप्रपाको भूमिका र उक्क्त पार्टीले उठाएका मुद्दाका बारेमा छलफल भएको थियो ।
छलफल कार्यक्रममा राप्रपामा तर्फबाट काठमाडौं महानगरपालिका ३२ वडाका राप्रपा अध्यक्ष सुशिल कुमार भट्टराई आसन्न स्यानीय निर्वाचनका लागि वडा अध्यक्षका उम्मेदवार नवराज विष्ट का साथै वडा सदस्यका उमेदवार विपिन रेग्मी, शान्ता खड्का, रवि गौतम र सम्झना विशुंखेको उपस्थिति थियो।
छलफल कार्यक्रममा राप्रपाका नेताले निर्वाचनमा आफ्ना निम्न खालका योजना रहेको जानकारी गराएका थिए ।
*सकारात्मक परिवर्तन । राष्ट्रियता, हिन्दुत्व, विकास, र सुशासनको मुल नारा लिएर राप्रपा स्थानीय निर्वाचनमा आएको छ ।
*विकाशका योजनाहरुमा सम्पूर्ण ३२ वडा भरि विभिन्न समिति उपसमिति लगायत विज्ञहरुको समूह निर्माण गरि उक्त विज्ञको टोली ले नै गर्ने र यसमा राप्रपा ले कुनै किसिमको वाधा विरोध नगर्ने ।
*वडा कार्यालयमा भइरहेको वा आउन सक्ने भ्रष्ट्राचारलाई सुन्य प्रतिशतमा ल्याउने कुल मतदाता भन्दा तेब्बर बढी जनसंख्या रहेको यस वडामा एक घर एक रोजगारको व्यवस्था गर्ने र वेरोजगार यूवाहरुलाई स्वरोजगारको अवसर सृजना गर्ने
छलफल कार्यक्रममा राप्रपाले अन्य पार्टीको भन्दा आफ्ना उम्मेदवार सक्षम रहेको दावी गरेको छ । चेतनशील युवा समूहको यो अभियान अनुकरणीय रहेको भन्दै छलफलमा सहभागी नेताहरुले आगामी दिनमा सामाजिक विकासमा सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget