Websoft University

www.radiomakalu.com || 021-522512


नेपाली सेनालाई निर्वाचनमा प्रयोग गरिन्न : निर्वाचन आयुक्त

नेपाली सेनालाई निर्वाचनमा प्रयोग गरिन्न : निर्वाचन आयुक्त

विराटनगर , चैत्र २९ गते । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको बताउनुभएको छ ।

यहाँ आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले मतदाता परिचयपत्र र मतपत्र छपाइलगायत कार्यका साथै निर्वाचन प्रशिक्षण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । राजनीतिक रुपमा देखिएका केही समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नं २ का जनता पनि निर्वाचनको पक्षमा उत्साहित देखिएको र केही दिनमै त्यहाँ मतदाता शिक्षालगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले आयोगले एकै चरणमा निर्वाचन गर्ने तयारीमा लागेको पनि बताउनुभयो । पत्रकारको जिज्ञासामा उहाँले सेनालाई निर्वाचनमा प्रयोग नगरिने बरु ‘ब्याक फोर्स’का रुपमा रहने स्पष्ट गर्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget