Websoft University

www.radiomakalu.com || 021-522512


च्यारिटी म्याचसँगै धनगढी प्रिमियर लिग सुरु

च्यारिटी म्याचसँगै धनगढी प्रिमियर लिग सुरु

धनगढी : सेती अञ्चल प्रहरीको खेलमैदानमा आतिसबाजीसहित आइतबार साँझ सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उद्घाटन गरिएको छ । सांसद पुष्करनाथ ओझाले लिगको उदघाट्न गरे । डीपीएलको औपचारिक खेल सोमबारदेखि सुरु हुनेछ । त्यसअघि आइतबार फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान ड्रिम फाप्लाको सहयोगार्थ आयोजित च्यारिटी खेल भने नेपाल—११ ले जितेको छ।
नेपाली राष्ट्रिय टोलकै जर्सीमा उत्रेको नेपाल-११ ले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाई एक सय ६१ रन बनाएको थियो । कप्तान पारस खड्काले अर्धशतकीय पालि खेले । उनले ४४ बलमा चार छक्का र सात चौकाको मद्दतले ६८ रन बनाए । वसन्त रेग्मीले ४३ रन बनाए । शरद भेषावकरले १९ रन थपे ।मेहबुब आलम १० रनमा पेभेलियन फर्किए ।
धनगढी-११ का विक्रम ठगुन्नाले चार ओभरमा १२ रन खर्चंदै चार विकेट लिए । सागर भण्डारी र पदम केसीले एकएक विकेट हात पारे । धनगढी- ११ ले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३० रनमात्र बनाउन सक्यो । पारस खड्का म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिताको औपचारिक खेल सोमबारदेखि सुरु हुनेछन् ।
उद्घाटन खेलमा ज्ञानेन्द्र मल्ल नेतृत्वको सीवाईसी अत्तरिया र वसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।-शिवराज भट्ट, अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget