Websoft University

www.radiomakalu.com || 021-522512


पूर्वराजाको निम्तो मान्न पुगिन् राष्ट्रपति भण्डारी


पूर्वराजाको निम्तो मान्न पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौं,  चैत  २४ गते  ।   पूर्व राजपरिवारको निम्तोमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विभिन्न राजनीतिक दलका नेताहरु सोल्टी होटल पुगेका छन्।
पूर्व नवयुवराज हृदयेन्द्र वीरविक्रम शाहको उपनयनपछि बिहीबार आयोजित भोजका लागि राष्ट्रपति भण्डारी दिउँसो साढे १२ बजे सोल्टी होटल पुग्दा उनलाई पूर्व युवराज पारस शाह र उनकी पत्नी हिमानीले स्वागत गरेका थिए।
करिव एक घण्टाको बसाइपछि उनलाई विदा गर्न पूर्वराजा ज्ञानेन्द्र शाह स्वयं गाडीसम्म पुगेका थिए। मन्त्रीहरु कमल थापा, दिपक बोहोरा, प्रेमबहादुर सिंह र शंकर भण्डारी तथा ठूलो संख्यामा मधेस केन्द्रीय दलका नेताहरु समारोहमा उपस्थित भएका थिए।
विभिन्न मुलुकका राजदूतहरु, पूर्वसभामुख दमननाथ ढुंगाना र सुवासचन्द्र नेम्वाङ, प्रधानसेनापति राजेन्द्र क्षत्री र सशस्त्र प्रहरीका आईजिपी सिंहबहादुर श्रेष्ठ पनि समारोहमा उपस्थित थिए।-तस्बिर साैजन्य: किशाेर श्रेष्ठ, अन्नपूर्ण बाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget