Websoft University

www.radiomakalu.com || 021-522512


फिफा वरियतामा भुटानले नेपाललाई उछिन्यो, भारतको ठूलो छलाङ



विश्व फुटबलको नियमनकारी निकाय फिफाले जारी गरेको नयाँ विश्व वरियतामा नेपाललाई भुटानले उछिनेको छ ।


फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा भुटान १३ स्थानमाथि उक्लिएर १६४ औं स्थानमा आइपुगेको छ । नेपाल भने १७० औं स्थानमा कायमै छ ।

भुटान गत मार्च २८ मा भएको एसियन कप छनोटमा ओमानसाग १४-० ले पराजित भएको थियो भने नेपालले फिलिपिन्ससाग ३-१ को हार व्यहोरेको थियो ।

सार्क मुलुकहरुमा भारतले ठूलो छलाङ मारेको छ । भारत ३१ स्थान माथि उक्लिएको छ र, विश्व वरियताको १०१ औं नम्बरमा परेको छ ।

अफगानिस्तान तीन स्थान माथि उक्लिँदै १५३ औं स्थानमा आइपुगेको छ । यस्तै बंगलादेश १९३ र श्रीलंका १९७ औं स्थानमा छ भने तीन स्थान  झरेको पाकिस्तान २०१ औं स्थानमा छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget